बार्सिलोना बन्यो नम्बर वान क्लब : कुन क्लबले कति अंक पाए ? (सूचीसहित)

एजेन्सी, चैत १२

स्पेनिस महारथि बार्सिलोना युरोपकै सर्वोत्कृष्ट क्लब बनेको छ । युरोपियन टप–५ लिगबाट बार्सिलोनालाई पछिल्लो दशककै सबैभन्दा उत्कृष्ट क्लबका रूपमा घोषणा गरिएको हो । ‘आईएफएफएचएस’ले प्रकाशित गरेको सूचीअनुसार बार्सिलोना दशककै बेस्ट क्लब बनेको हो । क्याटलान क्लबले आफ्नो खास प्रतिस्पर्धी रियल मड्रिडलाई उछिन्दै बेस्ट क्लब बनेको हो । इन्टरनेसनल फेडेरेसन अफ् फुटबल हिस्ट्री एन्ड स्टाटिक्सटिक्सले गरेको प्रदान गरेको अंकका आधारमा यस्तो सूची तयार पारिएको हो । जसमा १० वर्षको अवधिमा युरोपियन क्लबहरूको समग्र मूल्यांकन गरिएको छ ।

सो सूचीअनुसार बार्सिलोना कूल २८७७ अंकसहित शीर्ष स्थानमा रहँदा रियल मड्रिड २७८२ अंकसहित दोस्रो स्थानमा रहेको छ । सन् २०१० देखि २०२० को अवधिमा बार्सिलोनाले मात्रै दुईपटक च्याम्पियन्स लिग जित्दा रियल मड्रिडले सोही अवधिमा कूल चारपटक जित्यो । तैपनि, रियलभन्दा बार्सिलोना अगाडि रहनुलाई धेरैले आश्चार्यजनक मान्न सकछन् । तर, सोही अवधिमा रियलको भन्दा बार्सिलोनाले दोब्बर ला लिगा उपाधि जितेकाले रियल पछि परेको हो । सो अवधिमा रियलले जम्मा ३ पटक मात्रै ला लिगा बार्सिलोनाले भने कूल ६ पटक जित्यो । यता, इंग्लिस प्रिमियर लिगबाट सबैभन्दा अगाडि चेल्सी र त्यसपछि म्यानचेस्टर सिटी छ । तर, गत सिजन प्रिमियर लिग र त्यसअघि च्याम्पियन्स लिग जितेको लिभरपुल भने टप–१० मा पनि छैन । हेरौं टप–१० सूची–

१. बार्सिलोना – २८७७ अंक
२. रियल मड्रिड – २७८२ अंक
३. बार्यन म्युनिख – २५९४ अंक
४. पिएसजी – २३५७ अंक
५. एथ्लेटिको मड्रिड – २३०२ अंक

६. युभेन्टस – २२७२ अंक
७. चेल्सी – २११३ अंक
८. म्यानचेस्टर सिटी – २१०९
९. म्यानचेस्टर युनाइटेड – २०२० अंक
१०. आर्सनल – २०१६ अंक

प्रकाशित मिति १२ चैत्र २०७७, बिहीबार ०५:४६
Loading...