कतार विश्वकप छनौट : अजरबैजानलाई हराउन पोर्चुगललाई उपहार गोलको सहारा !

काठमाडौं, चैत १२

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनौटअन्तर्गत आफ्नो पहिलो छनौट खेलमा पोर्चुगलले कठिन जित निकालेको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको खेलमा पोर्चुगलले अजरबैजानलाई १–० को साँघुरो अन्तरले हरायो । इाललियन क्लब युभेन्टसको घरेलु मैदान युभेन्टस रंगशालामा भएको खेलमा पोर्चुगलले जितका लागि उपहार गोलको मदत लिनु परेको थियो । अजरबैजानले खेलको ३७औं मिनेटमा गरेको १ मात्रै आत्मघाती गोलको मदतमा पोर्चुगलले १–० को जित निकालेको हो ।

खेलभरि नै पोर्चुगलले अजरबैजानमाथि दबाब बनाए पनि आफूले १ गोल पनि गर्न सकेन । केही मुख्य खेलाडीलाई बेन्चमा राखेर उत्रिएको पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र बर्नान्डो सिल्भा सिल्भासहितका खेलाडीले सुरुआत गरेका थिए । तर, गोल निस्कन सकेन । पोर्चुगलले खेलभरिमा अजरबैजानको पोस्टमा कूल २९ पटक आक्रमण बुन्दा १४ सट त अन टार्गेट प्रार गरेको थियो । तर, अजरबैजानका गोलकिपरले पोर्चुगलका सबै प्रयास असफल पारिदिए । जबकि, अजरबैजानले पोर्चुगलको पोस्टमा जम्मा ४ पटक आक्रमण बुन्दा एकपटक पनि अन टार्गेट प्रहार गर्न सकेन ।

खेको ३७औं मिनेटमा पार्चुगिज खेलाडीले लामो दूरीबाट प्रहार गरेको बल अजरबैजानका गोकिपरले क्लियर गर्न पन्च गरेका थिए । तर, नजिकै रहेका आफ्नै सहकर्मी माक्सिमको छातीमा लाग्दै बलले पोस्टको दिशा लिएपछि पोर्चुगलले अग्रता पाएको थियो । अन्ततः खेलभरि उसले अर्को गोल थप्न सकेन । र, त्यही अग्रता बचाएर खेल १–० ले जितयो । पोर्चुगलले खेलमा दर्जनौंपटक अवसर सिर्जना गरे पनि आफ्ना तर्फबाट १ गोल पनि निकाल्न नसक्दा उसले पहिलो खेलमा अपेक्षाकृत नतिजा निकाल्न नसकेको हो ।

अब यो जितपछि पोर्चुगलले समूह ‘ए’ मा पहिलो खेलबाट ३ अंक बनाएको छ । ऊ दोस्रो स्थानमा छ । गत राति नै आफ्नो खेलमा आयरल्यान्डलाई ३–२ ले हराएको सर्बिया ३ अंक नै बनाएर शीर्ष स्थानमा छ । पराजित आयरल्यान्ड र अजरबैजान चौथो र पाँचौं स्थानमा छन् । सो समूहमा लक्जेमवर्गले आफ्नो खेल खेल्न बाँकी छ ।

प्रकाशित मिति १२ चैत्र २०७७, बिहीबार ०१:३२
Loading...