कतार विश्वकप छनौट भोलिबाट : हेरौं ठूला टोलीका खेलहरूको तालिका र नेपाली समय

काठमाडौं, चैत १०

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि युरोपियन महादेशमा भोलिबाट छनौट खेल सुरु हुँदैछन् । पूर्वनिर्धारित तालिका अनुसार भोलिबाट छनौट खेलहरू सुरु हुन लागेका हुन् । छनौटमा युरोपका ५२ देशले भाग लिनेछन् । पहिलो चरणमा सबै देशले सुरुआती तीन–तनि खेल खेल्नेछन् । त्यसपछि केही समय छनौट खेल स्थगित हुनेछन् । यसै वर्ष युरो कप फुटबल पनि हुने भएकाले व्यस्त खेल तालिकाबीच विश्वकप छनौटका खेल पनि खेलाइन लागेको हो ।

युरोप महोशमा भोलि राितबाट छनौट खेल सुरु हुँदा पहिलो खेल टर्की र नेदल्यान्ड्सबीच हुनेछ । सो खेलबाट कतार विश्वकपको औपचारिक यात्रा सुरु हुनेछ । पहिलो चरणमा युरोपका हेभिवेट टिमहरू फ्रान्स, बेल्जियम, पोर्चुगल, इंग्ल्यान्ड, क्रोएसिया, इटाली, नेदरल्यान्ड्स सबैले आ–आफ्ना खेल खेल्नेछन् । पहिलो सातामा कूल २६ खेल हुँदा बेल्जियम र वेल्सको खेललाई ध्यानपूर्वक हेरिनेछ । यहाँ भोलिबाट सुरु हुने छनौट खेलअन्तर्गत हेभिवेट टोलीका खेल तालिका र नेपाली समय दिइएको छ:–

१. टर्की भर्सेस नेदरल्यान्ड्स – बुधबार राति १०ः४५ बजे
२. फ्रान्स भर्सेस युक्रेन – बिहीबार राति १ः३० बजे
३. स्लोभेनिया भर्सेस क्रोएसिया – बिहीबार राति १ः३० बजे
४. बेल्जियम भर्सेस वेल्स – बिहीबार राति १ः३० बजे
५. पोर्चुगल भर्सेस अजरबैजान – बिहीबार राति १ः३० बजे

६. हंगेरी भर्सेस पोल्यान्ड – शुक्रबार राति १ः३० बजे
७. जर्मनी भर्सेस आइसल्यान्ड – शुक्रबार राति १ः३० बजे
८. इटाली भर्सेस नर्दन आयरल्यान्ड – शुक्रबार राति १ः३० बजे
९. स्पेन भर्सेस ग्रीस – शुक्रबार राति १ः३० बजे
१०. इंग्ल्यान्ड भर्सेस सान मारिनो – शुक्रबार राति १ः३० बजे

प्रकाशित मिति १० चैत्र २०७७, मंगलवार ०२:०२
Loading...