नमिठो हार भोग्दै म्यानचेस्टर युनाइटेड एफए कपबाट आउट : लेस्टर सिटी सेमिफाइनलमा

काठमाडौं, चैत ९

यो सिजन लगातार प्रतियोगिताहरू गुमाइरहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड एफए कप फुटबलबाट पनि आउट भएको छ । गत राति क्वार्टरफाइनल खेलमा लिग प्रतिस्पर्धी लेस्टर सिटीसँग ३–१ ले पराजित हुँदै युनाइटेड उपाधि होडबाट आउट भएको हो । युनाइटेडलाई पराजित गरेको लेस्टर भने सेमिफाइनल प्रवेश गरेको छ । लेस्टरले आफ्नो घरमा युनाइटेडविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै बलियो टोलीविरुद्ध सहज जित निकाल्यो ।

लेस्टरका लागि खेलको २४औं मिनेटमा केलेचीले पहिलो गोल गरेका थिए । त्यसपछि युनाइटेडका लागि ३८औं मिनेटमा मासोन ग्रीनउडले गोल गरेर खेल बराबरी बनाए पनि त्यसपछि युनाइटेडले पोस्ट बचाउन सकेन । खेलको ५२औं मिनेटमा लेस्टरका लागि युरी टिलेमान्सले गोल गरेर टिमलाई अग्रता दिलाए भने ७८औं मिनेटमा केलेचीले नै व्यक्तिगत दोस्रो गोल गरेपछि खेल लेस्टरले ३–१ ले जित्यो ।

गत रातिको खेलसँगै अब कपको सेमिफाइनल पुग्ने ४ वटै टोलीको पनि टुंगो लागेको छ । अब पहिलो सेमिफाइनल खेल लेस्टर र साउथह्यामपटनबीच हुनेछ भने दोस्रो सेमिफाइनलमामा प्रिमियर लिगका लिगका दुई बलिया टोलीहरू म्यानचेस्टर सिटी र चेल्सीको रोमाञ्चक भिडन्त हुनेछ । पहिलो सेमिफाइनल खेल अप्रिल १७ मा हुनेछ भने दोस्रो खेल पनि सोही दिन हुनेछ । कपको फाइनल खेल भने मे १५ तारिखमा हुने तालिका तय भएको छ ।

प्रकाशित मिति ९ चैत्र २०७७, सोमबार ०३:३४
Loading...