एजेन्सी, भदौ २७
गोल्डेन फुट अवार्ड–२०१९ का लागि मनोनयन सार्वजनिक भएको छ । आज अन्तिम १० खेलाडीको सूची सार्वजनिक भएको हो । यो अवार्ड वर्षभरि कुनै पनि खेलाडीले व्यक्तिगत र टिमका हिसाबमा पाएका सफलताका आधारमा दिइन्छ । यो अवार्ड एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डमा पर्छ । यो अवार्ड दिइने मुख्य आधार भनेको खेलाडीको व्यक्तिगत र टिमको सफलता तथा खेलाडीको व्यक्तित्व हो ।
यो अवार्ड कम्तीमा २८ वर्ष वा सोभन्दा बढी उमेरका खेलाडीलाई मात्रै दिइन्छ । र, यो अवार्ड एकपटक जितिसकेको खेलाडीलाई दोस्रोपटक दिइँदैन । यो अवार्ड यसअघि १६ जना खेलाडीले पाइसकेका छन् । यसपटक विगतमा अवार्ड नजितेका १० खेलाडी मनोनयनमा परेका छन् ।
यस्तो छ टप–१० सूची :
- क्रिस्टियानो रोनाल्डो – युभेन्टस
- लिओनल मेस्सी – बार्सिलोना
- जर्जियो चिलिनी – युभेन्टस
- लुका मोड्रिक – रियल मड्रिड
- सर्जियो रामोस – रियल मड्रिड
- रोवर्ट लेवान्डोस्की – बार्यन म्युनिख
- सर्जियो अगुएरो – म्यानचेस्टर सिटी
- जेरार्ड पिके – बार्सिलोना
- वायने रुनी – एमएलएस डिसी युनाइटेड
- थियागो सिल्भा – पिएसजी
Loading...