सोसिडाड भर्सेस बार्सिलोना : पहिलो हाफमा बार्सिलोना ०–२ ले अगाडि

काठमाडौं, चैत ९

स्पेनिस ला लिगा फुटबलमा अहिले लिगको २८औं साताको खेलमा पाँचौं स्थानको रियल सोसिडाड र तेस्रो स्थानको बार्सिलोना बीचको खेल जारी छ । सोसिडाडको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा पाहुना टोली बार्सिलोनाले ०–२ को सहज अग्रता लिएको छ । दबाबपूर्ण खेलमा बार्सिलोनाका लागि पहिलो गोल फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यानले खेलको ३७औं सेकेन्डमा गोल गरेर अग्रता दिलाएका हुन् । आज ग्रीजम्यानको जन्मदिन पनि हो ।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले पहिलो हाफमा जम्मा ५ पटक आक्रमण बुन्दै ३ सट सही दिशामा हान्यो । जोर्डी अल्बाको प्रहार सोसिडाडका गोलकिपरबाट ब्लक भएर फर्किएको बलमा नजिकै अनमार्क रहेका ग्रीजम्यानले सहजै बललाई जाली चुमाए । यता, पहिलो हाफमा घरेलु टोली सोसिडाडले ३ पटक आक्रमण बुन्दा २ सट सही दिशामा हानेको थियो । तर, बार्सिलोनाका गोलकिपरले सोसिडाडका २ वटै खतरनाक आक्रमण असफल पारिदिए ।

त्यसपछि खेलको ४३औं मिनेटमा बार्सिलोनाका लागि युवा डिफेन्डर सर्जिनो डेस्टले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ०–२ ले अगाडि भयो । कप्तान लिओनल मेस्सीसले सोसिडाडका खेलाडीको बीचबाट दिएको पासमा डेस्टले कुनै गल्ती नगरी बललाई पोस्टको दिशा दिएका थिए । ला लिगामा अमेरिकन खेलाडीका लागि यो पहिलो गोल हो ।

प्रकाशित मिति ८ चैत्र २०७७, आईतवार २०:२१
Loading...