रोनाल्डोलाई लगातार दोस्रो वर्ष प्लेयर अफ् द इयर अवार्ड

काठमाडौं, चैत ७

इटालियन क्लब युभेन्टसका प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रो वर्ष प्लेयर अफ् द इयर अवार्ड जितेका छन् । गत राति इटालीमा आयोजित एक सभामा ३६ वर्षका रोनाल्डोले सो अवार्ड जितेका हुन् । रोनाल्डोलाई वर्ष २०२० का लागि यो अवार्ड प्रदान गरिएको हो । उनले यो अवार्ड दोस्रो वर्ष जितेका हुन् । अघिल्लो वर्ष पनि रोनाल्डोले नै यो अवार्ड जितेका थिए । रोनाल्डोले वर्ष २०१९ र २०२० गरी लगातार दुई वर्ष यस अवार्ड जित्न सफल भएका हन् ।

यो प्लेयर अफ् द इयर अवार्ड इटालियन फुटबल संघले प्रदान गर्ने प्रतिष्ठित अवार्ड हो । यस अवार्डलाई ‘द एआईसी फुटबलर अफ् द इयर’ नामले पनि चिनिन्छ । यो अवार्ड हरेक वर्ष अघिल्लो सिजन इटालीमा उत्कृष्ट प्रदर्शन गर्ने पुरुष र महिला खेलाडीलाई दिइन्छ । सन् २०१० सम्ममा यो अवार्ड इटालीभित्रका एकजना र त्यहाँ रहेर खेल्ने एकजना बाहिरका खेलाडीलाई पनि एकै नामको अवार्ड दिइन्थ्यो । तर, त्यसपछि मात्रै एक जनालाई यो अवार्ड दिन थालिएको हो ।

अवार्ड जितेपछि रोनाल्डोले सामाजिक सन्जालमार्फत् खुसी व्यक्त गरेका छन् । उनले इटाली आइकन दोस्रो वर्ष यो अवार्ड जित्न पाउँदा खुसी लागेको कुरा उल्लेख गर्दा अवार्ड विश्वभर रहेका युभेन्टसका फ्यानलाई समर्पण गरेका छन् । साथै, उनले आफ्ना सहकर्मी, साथीभाइ र फ्यान सबैलाई धन्यवाद पनि दिएका छन् । रोनाल्डो यो सिजन अझै उपाधि जित्न र खुसीयाली मनाउन बाँकी नै रहेकाले आफूहरूको ध्यान त्यसमा रहेको कुरा पनि सन्देशमा दिएका छन् ।

रोनाल्डो प्लेयर अफ् द इयर घोषणा हुँदा युभेन्टसकै पाउलो डिबाला र लियान्द्रो बोनुची वर्षकै बेस्ट प्लेइङ–११ मा पर्न सफल भए । आयोजकले वर्षको बेस्ट टिमलाई पनि अवार्ड प्रदान गरेको थियो । गत वर्ष युभेन्टसले सिरी ए उपाधि जितेको थियो । सोक्रममा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, सिरी ए लिगले भने पाउलो डिबालालाई गत सिजनका लागि प्लेयर अफ् सिजन घोषणा गरेको थियो । रोनाल्डोले जितेको अवार्ड भने प्लेयर अफ् द इयर अवार्ड हो । यो अवार्ड वर्षभरिको प्रदर्शनका आधारमा दिइन्छ ।

प्रकाशित मिति ७ चैत्र २०७७, शनिबार ०२:०१
Loading...