मिडफिल्डका जादुगर : मोड्रिच प्लेयर अफ् द विक घोषित

एजेन्सी, चैत ६

स्पेनिस क्लब रियल मड्रिडका प्ले मेकर लुका मोड्रिच युइएफए च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ अन्तर्गत अन्तिम साताका लागि साताकै बेस्ट खेलाडी घोषित भएका छन् । आज युइएफएले ३५ वर्षका क्रोएयिन खेलाडी मोड्रिचलाई प्लेय अफर द विक घोषणा गरेको हो । अन्तिम १६ को दोस्रो लेगको निर्णायक खेलमा रियलले इटालियन क्लब एटलान्टालाई आफ्नो घरमा ३–१ ले हराउँदा मोड्रिचले उत्कृष्ट प्रदर्शन गरेका थिए । सो खेलमा उनले १ असिस्ट मात्रै गरे पनि खेलभरि उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई उत्कृष्ट जितका लागि सघाएका थिए ।

आफ्नो मैदानमा रियलले एटलान्टालाई दोस्रो लेगमा ३–१ ले हराएपछि समग्रमा ४–१ को प्रभावशाली जितसहित क्वार्टरफाइनल प्रवेश गरेको थियो । यसपटक साताको बेस्ट खेलाडीका लागि मनोनयनमा रियलका मोड्रिचसहित इंग्लिस क्लब म्यानचेस्टर सिटीका केभिन डे ब्रुयाने, जर्मन क्लब बार्यन म्युनिखका युवा स्टार जोसुवा किमिच र इंग्लिस क्लब चेल्सीका मिडफिल्डर एन्गोलो कान्टे परेका थिए । तर, अन्य ३ जनालाई पछि पार्दै मोड्रिच साताकै उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

प्रकाशित मिति ६ चैत्र २०७७, शुक्रबार १४:३७
Loading...