च्याम्पियन्स लिग ड्र : गत सिजनका फाइनालिस्ट बार्यन र पिएसजी क्वार्टरफाइनलमै भिड्ने

काठमाडौं, फागुन ६

जारी सिजन २०२०–२१ अन्र्तत युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा क्वार्टरफाइनल चरणको ड्र घोषणा भएको छ । आज शुक्रबार स्वीट्जरल्यान्डको नियोनस्थित युइएफएको केन्द्रीय कार्यालमा भएको ड्र अनुसार गत सिजनका फाइनालिस्ट टोलीहरू जर्मन क्लब बार्यन मयुनिख र फ्रेन्च क्लब पिएसजी यसपटक क्वार्टरफाइनल चरणमै भिड्ने भएका छन् । गत सिजन फाइनलमा बार्यन र पिएसजी भिडेका थिए, जसमा बार्यन च्याम्पियन बनेको थियो ।

यसपटक सेमिफाइनल प्रवेशका लागि बार्यन र पिएसजीले एकअर्कालाई पन्छाउनुपर्ने भएको छ । यस टाईलाई क्वार्टरफाइनल चरणकै सबैभन्दा खतरनाक टाई मानिएको छ । यी दुवै टोली यो समय राम्रो लयमा रहेका छन् । यी दुईमध्ये एक टोली सेमिफाइनल प्रवेश गर्नेछ भने एक टोली आउट हुनेछ ।

प्रकाशित मिति ६ चैत्र २०७७, शुक्रबार ११:०२
Loading...