युरोपियन गोल्डेन बुट दौड : यस्तो छ सर्वाधिक गोलकर्ताको ताजा स्थिति

काठमाडौं, चैत ६

जारी सिजन २०२०–२१ अन्तर्गत युरोपियन टप–५ लिगका खेलहरू अन्त्यतिर पुग्दै गर्दा सर्वाधिक गोलकर्ताको दौडमा धेरैको नजर रहेको छ । सुरुआतबाटै जर्मन क्लब बार्यन म्युनिखका फरवार्ड रोवर्ट लेवान्डोेस्कीले यसमा लिड गरिरहेका छन् । उनी अहिले कूल ३२ गोलसहित गोल्डेन बुट दौडमा निकै सुविधाजनक अवस्थामा रहेका छन् । उनी दोस्रो स्थानका प्रतिस्पर्धी भन्दा ठीक ९ गोलले अघि छन् । उनले कूल २४ खेलबाट ३२ गोल र ६ असिस्ट गरेका छन् । बुन्डेलिगामा अब मात्रै ९ खेल बाँकी रहेका छन् । बाँकी खेलमा लगातार सहभागी भए र गोल गर्दै गए लेवान्डोस्कीले कम्तीमा पनि ४० गोल नघाउने त पक्काजस्तै छ ।

उनीपछि दोस्रो स्थानमा इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डो हाल कूल २३ गोलसहित लेवान्डोस्कीलाई पछ्याइरहेका छन् । उनले २३ खेलबाट २३ नै गोल गर्दा ५ गोलमा असिस्ट पनि गरेका छन् । सिरी ए लिगमा अझै ११ खेल बाँकी भए पनि रोनाल्डोको टिम युभेन्टसले भने १२ खेल खेल्न बाँकी छ । अहिलेकै अवस्थामा यदि लेवान्डोस्कीलाई कसैले पछ्याउन सक्छ भने रोनाल्डो र स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी हुन् । रोनाल्डोले केही समयअघि मात्रै ३६औं जन्मदिन मनाएका थिए । ताजा अवस्थामा रोनाल्डो लेवान्डोस्कीभन्दा ९ गोलले पछि छन् ।

रोनाल्डोपछि तेस्रो स्थानमा स्पेनिस क्लब बार्सिलोनाका लिओनल मेस्सी रहेका छन् । उनले ला लिगाा हालसम्म कूल १९ गोल गरेका छन् । मेस्सीले २५ खेलबाट २१ गोल र ७ असिस्ट गरेका छन् । मेस्सी अहिले गोल्डेन बुट दौडमा शीर्ष स्थानका लेवान्डोस्कीभन्दा ११ र दोस्रो स्थानमा रोनाल्डोभन्दा २ गोलले पछि छन् । त्यसैगरी, चौथो स्थानमा जर्मन क्लब फ्रान्कफुर्टका आन्ड्रे सिल्भा रहेका छन् । उनले यो सिजन लिगमा हालसम्म २३ खेलबाट १९ गोल र २ असिस्ट गरेका छन् ।

त्यसैगरी, पाँचौं स्थानमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका अर्लिङ हल्यान्ड रहेका छन् । उनले हालसम्म लिगमा १९ गोल गरेका छन् । उनले मात्रै २० खेलबाट १९ गोल र ४ असिस्ट गरेका छन् । छैटौं स्थानमा इटालियन इन्टर मिलानका रोमलु लुकाकु रहेका छन् । उनले हालसम्म लिगमा १९ गोल गरेका छन् । सातौं स्थानमा फ्रेन्च क्लब पिएसजीका केलियन एमबाप्पे छन् । उनले यो सिजन लिगमा २४ खेलबाट १८ गोल र ६ गोलमा असिस्ट गरेका छन् ।

प्रकाशित मिति ६ चैत्र २०७७, शुक्रबार १०:००
Loading...