जाग्रेबसँग लज्जास्पद हार भोग्दै टोटनह्याम युरोपा लिगबाट आउट

काठमाडौं, चैत ६

इंग्लिस क्लब टोटनह्याम लज्जास्पद हार भोग्दै युरोपा लिग फुटबलबाट आउट भएको छ । गत राति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा क्रोएसियन क्लब डाइनामो जाग्रेबसँग ३–० को नमिठो हार भोग्दै टोटनह्याम युरोपको दोस्रो प्रतियोगिताबाट आउट भएको हो । त्यसअघि आफ्नो घरेलु मैदानमा टोटनह्यामले २–० को सहज नतिजा निकाले पनि टोटनह्यामले जाग्रेबको घरेलु मैदानमा पहिलो लेगको नतिजा बचाउन सकेन । १–० ले हारे पनि पुग्ने खेलमा पाहुना टोली टोटनह्याम नमिठो गरी पराजित भएपछि यो सिजनको उसको युरोपियन प्रतियोगिता समाप्त भएको छ ।

आफ्नो घरेलु मैदानमा जाग्रेबले नाटकी कमब्याक गर्दा ३ वटै गोल दोस्रो हाफमा गरेको थियो । उसले विजयी गोेल भने ९० मिनेटपछि ३० मिनेटको थप समयमा गरेको थियो । जाग्रेबलाई सनसनीपूर्ण कमब्याक जित दिलाउन मिस्लाब ओर्सिच नायक बने । घेलु मैदानमा उनैले शानदार ह्याट्रिक गोल गरेपछि टोटनह्याम स्तब्ध बन्यो । उनले पहिलो गोल खेलको ६२औं मिनेटमा गर्दा दोस्रो गोल ८२औं मिनेटमा गरे । उनको २ गोलपछि खेल निर्धारित समयमा २–२ को बराबरमिा सकिएको थियो । तब पहिलो लेगको नतिजा जोड्दा खेल समग्रमा २–२ को बराबरी भएपछि थप समयमा गयो ।

थप समयमा दुवै टोली विजयी गोलको खोजीमा थिए, जहाँ घरेलु टोलीका लागि मिस्लाबले १०६औं मिनेटमा ह्याट्रिक गोल गरेपछि जाग्रेब ३–० ले अघि रह्यो । त्यसपछि दबाबमा परेको टोटनह्यामलाई खेल जित्न १ गोल भए काफी हुने थियो । यदि उसले १ गोल मात्रै गरेको भए जाग्रेबले थप २ गोल गर्नुपर्न थियो । तर, अवे मैदानमा आफूला ३ गोल खाएर १ गोल पनि गर्न नसक्दा खेल जाग्रेबले ३–० ले जित्यो । पहिलो लेगको २–० को सुविधाजनक अग्रता बचाउन नसक्दा टोटनह्याम दोस्रो लेगमा ३–० ले स्तब्ध बनेपछि यो सिजन टोटनह्याम उपाधिविहीन हुने पक्का भएको छ । यी हुन् युरोपा लिगको क्वार्टरफाइनल प्रवेश गर्ने टिम–

प्रकाशित मिति ६ चैत्र २०७७, शुक्रबार ०१:४५
Loading...