एमबाप्पे चम्किए, नाभासले फेरि पेनाल्टी रोके : पिएसजी क्वार्टरफाइनल प्रवेश

काठमाडौं, चैत ५

युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनालाई ५–२ ले हराएपछिको लगत्तै अर्को खेलमा पिएसजीले फ्रेन्च कप फुटबलमा पनि प्रभावशाली जित निकालेको छ । गत राति फ्रेन्च कपको अन्तिम १६ मा भएको निर्णायक खेलमा पिएसजीले लिग वान प्रतिस्पर्धी लिलेमाथि ३–० को प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गर्न सफल भयो । पिएसजीलाई आफ्नो घरेलु मैदानमा जिताउन केलियन एमबाप्पे नायक बने । उनले १ पेनाल्टीसहित २ गोल गरे भने अर्को १ गोल माउरो इकार्डीले गरे । पिएसजीको जितमा गोलकिपर केलर नाभासले यस खेलमा पनि पेनाल्टी रोके । यसअघि उनले च्याम्पियन्स गिमा बार्सिलोनाविरुद्धको खेलमा लिओनल मेस्सीको पेनाल्टी रोकेका थिए ।

लिगको एक बलियो टोलीविरुद्ध पिएसजीले खेलको नवौं मिनेटमै अग्रता लिएको थियो । सो गोल अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीले गरेका थिए । त्यसपछि दोस्रो गोल खेलको ४१औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत् गरे । बक्समा विपक्षी खेलाडीले एमबाप्पेमाथि फउल गरेपछि रेफ्रीले सोझै पिएसजीलाई पेनाल्टीको मौका दिएका थिए, जसमा एमबाप्पेले गल्ती गरेनन् । त्यसपछि खेलको ७८औं मिनेटमा लिलेले खेलमा फर्किने मौका पाएको थियो । तर, पाएको पेनाल्टीमा उसका खेलाडी युसुफ याजिची चुके । उनले हानेको पेनाल्टी प्रहार पिएसजीका अनुभवी गोलकिपर नाभासले रोकेर पिएसजीलाई सजिले अवस्थामा राख्न सकेन ।

त्यसपछि पिएसजीका लागि तेस्रो गोल ९० मिनेटपछि थप समयको तेस्रो मिनेटमा एमबाप्पेले नै गरे । उनको सो गोलसँगै पिएसजीले ३–० को जित निकाल्यो । च्याम्यिन्स लिगको अन्तिम १६ बार्सिालोनालाई शानदार हराएर अन्तिम आठमा प्रवेश गरेको पिएसजी लगत्तै फ्रेन्च कपको पनि अन्तिम आठमा प्रवेश गरेको छ । तर, पिएसजी अहिले घरेलु लिगमा पनि केही पछि छ । ऊ अहिले २९ खेलपछि ६० अंकसहित दोस्रो स्थानमा छ । कपमा पराजित लिले ६३ अंकसहित सबैभन्दा शीर्ष स्थानमा रहको छ । पिएसजी ताजा अवस्थामा ३ अंकले पछि परेको छ ।

प्रकाशित मिति ५ चैत्र २०७७, बिहीबार ०२:०७
Loading...