काठमाडौं, चैत ४
युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडका कप्तानसमेत रहेका डिफेन्डर सर्जियो रामोस नयाँ रेकर्ड नजिक पुगेका छन् । उनी अब युरोपकै सबसे ठूलो प्रतियोगिताको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने डिफेन्डरको रेकर्ड बनाउनबाट मात्रै २ गोलले टाढा छन् भने रेकर्ड बराबरी गर्नबाट १ गोलले टाढा । गत राति अन्तिम १६ मा इटालियन क्लब एटलान्टाविरुद्ध आफ्नो घरेलु मैदानमा दोस्रो लेगको खेल खेल्नेक्रममा रामोसले पेनाल्टीमार्फत् १ गोल गरेका थिए । उनका लागि सो गोल यस प्रतियोगिताको १५औं गोल थियो ।
सोही गोलको मदतमा रामोसले यस प्रतियोगितामा सर्वाधिक गोल गर्ने डिफेन्डरहरूमध्ये बार्सिलोनाका जेरार्ड पिके र रियल मड्रिडका पूर्वखेलाडी इभान हेल्गुएराको नाममा रहेको १५ गोलको रेकर्डसँग बराबरी गरेका छन् । बार्सिलोनाका पिके र रियल मड्रिडका पूर्वखेलाडी हेल्गुएराले यस प्रतियोगितामा कूल १५–१५ गोल गरेका छन्, जुन रेकर्डसँग रामोसले गत राति बराबरी गरे । च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने डिफेन्डरको रेकर्ड भने रियल मड्रिडकै लिजेन्ड रोवर्टो कार्लोसका नाममा छ । उनले आफ्नो करिअर दौरान च्याम्पियन्स लिगमा कूल १६ गोल गरेका थिए, जुन कीर्तिमानी हो ।
त्यसैगरी, पाँचौं स्थानमा बार्सिलोना, पिएसजी, युभेन्टसका पूर्वखेलाडी ड्यानी आल्भेस छन् । उनले विभिन्न क्लबमा खेल्नेक्रममा च्याम्पियन्स लिगमा १२ गोल गरेका छन् । हालको अवथामा पहिलो स्थानमा कार्लोस, दोस्रोमा रामोस, तेस्रोमा पिके, चौथोमा हेल्गुएरा र पाँचौंमा आल्भेस छन् । अब थप १ गोल गरे रामोसले सर्वाधिक गोलकर्ता डिफेन्डर कार्लोससँगको कीर्तिमान बराबरी गर्नेछन् भने थप २ गोल गरे कार्लोसको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाउनेछन् ।
कर्लोसले रियल मड्रिडका लागि खेल्नेक्रममा कूल १०९ खेलबाट १६ गोल गर्दा रामोसले रियलकै लागि १२८ खेलबाट १५ गोल गरेका छन् । त्यसैगरी, बार्सिलोनाका पिकेले १२३ खेलबाट १५ गोल गरेका छन् । उनले २ गोल म्यानचेस्टर युनाइटेड र १३ गाल बार्सिलोनाका लागि गरेका छन् । चौथो स्थानमा रहेका हेल्गुएराले ९७ खेलबाट १५ गोल गरेका छन् । ब्राजिलका अल्भेसले कूल १३ गोल गरेका छन् । रामोसको टिम रियल यस सिजन अन्तिम आठमा प्रवेश गरिसकेकाले उनले यसै सिजन यो रेकर्ड तोड्ने सम्भावना छ ।
प्रकाशित मिति ४ चैत्र २०७७, बुधबार ०४:३०🔝 Defenders with most goals in Champions League history:
⚽️1⃣6⃣ Roberto Carlos
⚽️1⃣5⃣ Sergio Ramos
⚽️1⃣5⃣ Gerard Piqué
⚽️1⃣5⃣ Iván Helguera
⚽️1⃣2⃣ Dani Alves#UCL pic.twitter.com/8s3iZv8EvR— UEFA Champions League (@ChampionsLeague) March 16, 2021