युरो कपको मुखमा पोर्चुगलका प्रमुख गोलकिपर गम्भीर घाइते

एजेन्सी, चैत ३

पोर्चुगल तथा इंग्लिस क्लब उल्भ्सका प्रमुख गोलकिपर रुई प्याट्रिसियो गम्भीर घाइते भएका छन् । गत राति प्रिमियर लिग फुटबलमा लिभरपुलविरुद्धको खेल दौरान रुईले टाउकोमा चोट बोकेका हुन् । उनले खेलको अन्त्यतिर चोट बोकेका हुन् । उनी खेलको ८६औं मिनेटमा बक्सभित्र खराब फउलको सिकार भएका थिए । लिभरपुलका खेलाडी बल लिएर अगाडि बढनेक्रममा भुइँमा लडेर बल रोक्न खोजिरहेका उनलाई विपक्षी खेलाडीको घुँडाले टाउकोमा लागेको थियो । तब रुई लगत्तै भुइँमा लडे । रुईको अवस्था गम्भीर देखिएपछि मेडिकल टिम मैदान प्रवेश गरेर उनलाई सुरुमै अक्सिन लगाएर प्रारम्भिक उपचार गर्नु परेको थियो ।

मैदानमा उनको उपचारपछि अक्सिजन लगाएकै अस्थामा स्ट्रेचरमा राखेर मैदानबाट निकालिएको थियो । सुरुमा उनको अवस्था निकै गम्भीर भएको देखिए पनि केहीबेर पछि उनी होसमा फर्किए । र, उनले सामान्य कुरासमेत गरेका थिए । खेलपछि उल्भ्सका प्रशिक्षक नुनो इस्पिरिटो सान्टोले मिडियासँग कुरा गर्दै रुई तत्कालका लागि ठीक रहेको तर थप चेकजाँचपछि उनको खास अवस्था थाहा हुने बताएका थिए । टाउकोको विषय भएकाले विभिन्न चरणमा चेकजाँचपछि उनीको स्थितिबारे खुल्ने बाएका थिए । ‘सुरुमा त हामी निकै डराएका थियौं । तर, चोटपछि उनी होसमा फर्किए । र, हामीसँग कुरा पनि गरे । उनी सम्झिन सक्छन् । यसको अर्थ उनी ठीक छन् । अहिलेलाई ठूलो समस्या देखिँदैन । टाउकोमा चोट छ । बाँकी कुरा चेकजाँचपछि थप कुरा खुल्नेछन्,’ खेलपछि नुनोले भने ।

विशेषज्ञ डाक्टरले चेकजाँच गरेपछि रुईको अवस्था थाहा हुने र उनी कति समय मैदानबाहिर रहन्छन् भन्ने कुरा भन्न सकिने प्रशिक्षक नुनोले बताए । ‘अहिले नै म यस विषयमा केही भन्न सक्दिनँ । हामीले हेर्दा उनी अहिले ठूलो खतरामा छैनन् । तर, विशेषज्ञको उपचारपछि उनलाई ठीक हुन कति समय लाग्छ भनेर भन्न सकिन्छ । मलाई आशा छ, उनी चाँडै हामीसँग हुनेछन् ।’

रई पोर्चुगलको राष्ट्रिय टिमका पनि प्रमुख गोलकिपर हुन् । उनले हालसम पोर्चुगलका लागि ९२ खेल खेलेका छन् । उन सिजन २०१८–१९ मा पोर्चुगलकै क्लब स्पोर्टिङ लिस्वनबाट उल्भ्समा अनुबन्ध भएका थिए । यो सिनज सकिएपछि अन्तर्राष्ट्रिय फुटबलमा युरो कपको तयारीमा रहेको पोर्चुगललाई मुख्य गोलकिपरको चोटले शंका उत्पन्न गराएको छ । पहिलो रोजाइका गोलकिपर पूर्ण रूपमा निको होलान्् कि नहोला् भन्ने चिन्ता देखिएको छ । यस वर्ष युरो कप आगामी जुलाई ११ देखि हुँदैछ ।

प्रकाशित मिति ३ चैत्र २०७७, मंगलवार ०९:५८
Loading...