no-image

स्पेनिस क्लब रियल मड्रिडका प्रमुख खेलाडी इडेन हाजार्ड फेरि घाइते भएका छन् । लामो समयपछि मैदान फर्किएर मात्रै १५ मिनेट खेलेपछि उनले पुनः चोट बोकेका हुन् । रियलले आज अफिसियल रूपमा प्रेस नोट जारी गर्दै हाजार्ड चोटग्रस्त बनेको पुष्टि गरेको छ । हाजार्डको मांशपेसीमा समस्या देखिएको छ । हाजार्ड दुई महिनाभन्दा लामो समयपछि यसै साता मात्रै मैदान फर्किएका थिए । हाजार्ड दुई दिनअघि मात्रै ला लिगामा इल्चेविरुद्धको खेलमा सहभागी भएका थिए । रियलको घरेलु मैदानमा भएको सो खेलमा हाजार्ड ७५औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान छिरेका थिए । उनले सो खेल ठीकठाक खेलेका थिए ।

प्रकाशित मिति २ चैत्र २०७७, सोमबार १५:२९
Loading...