बार्यनको प्रभावशाली जितमा लेवान्डोस्कीको गोल

काठमाडौं, फागुन २९

जर्मन लिग बुन्डेसलिगा फुटबल प्रतियोगितामा लिग लिडर बार्यन म्युनिखले प्रभावशाली जित निकालेको छ । आज शनिबार राति भएको लिगको २५औं साताको खेलमा बार्यनले १२औं स्थानको वेर्डरलाई उसकै घरेलु मदानमा ०–३ अन्तरले पराजित गरेको हो । बार्यनका लागि यो सिजनको १८औं जित हो । अव मैदानमा बार्यनलाई जिताउनेक्रममा ३ जना फरक–फरक खेलाडीले गोल गरे । स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले आजको खेलमा पनि गोल गर्न सफल भए । उनका लागि यो बुन्डेसलिगामा कीर्तिमानी २६८औं गोल हो ।

बार्यनका लागि पहिलो गोल खेलको २२औं मिनेटमा लियोन गोरेट्जाले गरेका थिए । उनले थोमस मुलरको पासमा गोल गरेका थिए । त्यसपछि दोस्रो गोल सेर्गे गेनाब्रीले गरे । उनको गोलमा पनि मुलरले नै असिस्ट प्रदान गरेका थिए । त्यसपछि खेलको ६७औं मिनेटमा बार्यनका लागि पोलिस फरवार्ड लेवान्डोस्कीले गोल गरे । कर्नर किकबाट आएको बलमा उनले गोल गरेका थिए । सो गोललाई भिएआरले मान्यता दिएको थियो । लेवान्डोस्कीका लागि यो सिजनको ३२औं गोल पनि हो । त्यसपछि घेरेलु टोली वेर्डरका लाग ८५औं मिनेटमा किलास फुलक्रुगले गोल गरेपछि बार्यनको जित १–३ मा खुम्चियो ।

अब यो जितपछि बार्यनले २५ खेल सकिँदा कूल ५८ अंक बनाएको छ । यो सिजन उसले कूल १८ खेल जित्दा ४ खेल बराबरी गरेको छ भने ३ खेल हारेको छ । ताजा अवस्थामा बार्यनले दोस्रो स्थानको आरबी लेइपजिगलाई ५ अंकले पछि पारेको छ । तर, लेइपजिगले १ खेल कम खेलेको छ । यता, पराजित वेर्डर भने समान खेलपछि ३० अंकका साथ १२औं स्थानमा रहेको छ ।

प्रकाशित मिति २९ फाल्गुन २०७७, शनिबार १६:०८
Loading...