रियल मड्रिडलाई ठूलो राहत : हाजार्ड र रामोस पनि प्रशिक्षणमा फर्किए

एजेन्सी, फागुन २६

स्पेनिस फुटबल क्लब रियल मड्रिडका प्रमुख खेलाडीहरू चोटमुक्त हुँदै मैदान फर्किनक्रम जारी छ । आजबाट २ जना मुख्य खेलाडी पनि प्रशिक्षणमा फर्किएका छन् । लामो समयपछि चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किनेमा कप्तान तथा मुख्य डिफेन्डर सर्जियो रामोस र प्ले मेकर इडेन हाजार्ड रहेका छन् । उनीहरूले आजबाट सामूहिक प्रशिक्षण थालेको क्लब रियलले अफिसियल सामाजिक सन्जालमार्फत जानकारी दिएको छ । यी दुई खेलाडीको फिर्तीले रियल मड्रिडलाई यो सिजन अघि बढाउन धेरै नै ठूलो राहत मिल्नेछ भने प्रशिक्षक जिनेदिन जिदानलाई पनि दबाब कम हुनेछ ।

यसअघि पनि केही प्रमुख खेलाडी चोटमुक्त भइसकेका छन् । ब्राजिलियन युवा स्टार रोड्रिगो, मिडफिल्डर फेडे भाल्भर्डे र फरवार्ड करिम बेन्जेमाले यसअघि नै चोटुक्त हुँदै मैदान फर्किसकेका छन् । अब हाजार्ड र रामोस पनि फर्किएपछि रियलका सबैजसो मुख्य खेलाडी आगामी खेलका लागि तयार भएका छन् । च्याम्पियन्स लिगको अन्तिम १६ को महत्त्वपूर्ण खेलअघि यी खेलाडी चोटमुक्त हुँदै फर्किंदा रियलले धेरै नै ठूलो राहत महसुस गरेको छ । केही समयअघि च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेगको खेल इटालियन एटलान्टाविरुद्ध खेल्दा रियलको सिनियर टोलीका ८ जना खेलाडी घाइते थिए ।

८ जना खेलाडी घाइते हुँदा पनि रियलले एटलान्टालाई उसकै घरेलु मैदानमा ०–१ ले अन्तरले पराजित गरेकोे थियो । पहिलो लेग जितेपछि रियललाई अब दोस्रो लेग जितेर क्वार्टरफाइनल फाइनल प्रवेशका लागि सजिलो हुनेछ । अब दोस्रो लेग मार्च १६ तारिखमा हुनेछ । यता, ला लिागमा हाल रियल २६ खेलबाट ५४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । रियल ला लिगामा उपाधि होडमै छ । रियल यसअघि कोपा डेल रे कपबाट भने आउट भइसकेको छ । अब प्रमुख खेलाडी चोटमुक्त भइसँगै रियलले अब ला लिगा र च्याम्पियन्स लिगमा राम्रो गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति २६ फाल्गुन २०७७, बुधबार १५:५९
Loading...