९० मिनेट सकिँदा युभेन्टस र पोर्टोको खेल ३–३ को बराबरीमा : ३० मिनेट थप

काठमाडौं, फागुन २६

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत दोस्रो लेगको खेलमा निर्णायक खेलमा अहिले इटालियन युभेन्टस र पोर्चुगिज क्लब पोर्टोबीचको खेल जारी छ । निर्धारित ९० मिनेटको खेल युभेन्टसले २–१ ले जिते पनि समग्रमा ३–३ को बराबरी भएपछि खेलमा ३० मिनेट थप भएको छ । युभेन्टसले पछि परेको अवस्था उल्टाएर ९० मिनेटमा २–१ को नतिजा निकालेको हो । तर, पहिलो लेग २–१ ले हारेकाले खेल समग्रमा ३–३ को बराबरी भएको हो ।

अब थप ३० मिनेटको समयमा युभेन्टसलाई खेल जित्न गोल नखाई १ गोल गर्नुपर्छ । यदि पोर्टोले १ गोल गरे उसलाई २ गोल चाहिन्छ । ३० मिनेटमा पनि हार–जित नभए खेल पेनाल्टी सुटआउटमा जानेछ ।

प्रकाशित मिति २५ फाल्गुन २०७७, मंगलवार २२:०८
Loading...