लाजियोमाथि युभेन्टसको उत्कृष्ट कमब्याक जित : मोराटाको २ गोल

काठमाडौं, फागुन २३

इटालियन सिरी ए लिग फुटबलमा तेस्रो स्थानको युभेन्टसले सातौं स्थानको लाजियोमाथि उत्कृष्ट कमब्याक जित निकालेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको सिजनको २५औं साताको खेलमा युभेन्टसले आफ्नो घरेलु मैदानमा पाहुना टोली लाजियोमाथि १–३ को जित निकाल्न सफल भयो । बार्सिलोनाले खेलमा पछि परेको अवस्था उल्टाएर लगातार ३ गोल गर्दै खेल जितेको हो । टोलीका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेर उत्रिएको युभेन्टसलाई कमब्याक जित दिलाउनेक्रममा अल्भारो मोराटा नायक बने । उनले पेनाल्टी गोलसहित २ गोल गरेर टिमलाई जितको हकदार बनाए । दोस्रो हाफको ६९औं मिनेटमा मोराटाको स्थानमा रोनाल्डोलाई मैदान छिराइएको थियो । फिटनेस समस्याका कारण यस खेलमा रोनाल्डोलाई सुरुआतबाट खेलाइएको थिएन ।

युभेन्टसको मैदानमा खेलको १२औं मिनेटमा लाजियोका जोआन कोरेरियाले वान भर्सेस वानमा गोल गरेर घरेलु टोलीलाई झट्का दिएका थिए । सो गोलपछि लाजियोले युभेन्टसविरुद्ध लगातार आक्रामक खेल खेलिरहेको थियो । तर, खेलको ३९औं मिनेटमा युभेन्टस खेलमा फर्कियो । फ्रेन्च मिडफिल्डर आड्रेन राबिओटले बुलेट सटमा बडा शानदार गोल गरेर खेल १–१ बनाए । उनको गोलमा अल्भारो मोराटाले निकै सुन्दर असिस्ट दिएका थिए, जसमा राबिओटले कुनै गल्ती गरेनन् । सो गोलपछि पहिलो हाफ १–१ मा सकियो । पहिलो हाफमा पहिला गोल खाएको युभेन्टसले दोस्रो हाफमा प्रदर्शन सुधार्दै थप गोल गरेर खेल निकै चाँडो गरी खेललाई पकडमा लिन सफल भयो ।

खेलको ५७औं मिनेटमा मोराटाले युभेन्टसका लागि लिड गोल गरे । आफ्नो बक्सबाट बल क्लियर गरेर लाजियोको पोस्टतर्फ द्रुत गतिमा आक्रमणको मुभ बनाएको युभेन्टसले सोही मुभमा गोल निकाल्यो । फेडरिको किइजा र मोराटाको उत्कृष्ट तालमेलमा मोराटाले सुन्दर फिनिसिङमा दर्शनीय सटमा बललाई जाली चुमाएका थिए । त्यसको ३ मिनेटपछि नै युभेन्टसले पेनाल्टी पायो । बक्समा लाजियोका खेलाडीले युभेन्टसका आरोन राम्सेलाई फउल गरेर लडाएपछि पाएको पेनाल्टीमा मोराटाले नै गोल गर्दै खेल ३–१ बनाएपछि युभेन्स जितको बाटोमा अघि बढेका थियो । त्यसपछि खेलमा दुवै तर्फबाट थप गोल हुन सकेन । र, खेल युभेन्टसले ३–१ ले जित्न सफल भयो । युभेन्टसकाल आजको जिन यो सिजनको १५औं जित हो ।

अब यो जितपछि युभेन्टसले उपाधि होडमा प्रतिस्पर्धा कायमै राखेको छ । उसले २५ खेलपछि कूल ५२ अंक जोडेको छ । युभेन्टस अझै पनि तेस्रो स्थानमै छ । तर, उसले समान खेल खेलेको दोस्रो स्थानको एसी मिलानसँगको दूरी अब मात्रै १ मा छोट्याएको छ । त्यसैगरी, समान २५ नै खेल खेलेको लिग लिडर इन्टर मिलानसँगको दूरी ७ मा छोट्याएको छ । यता, युभेन्टसको घरेलु मैदानमा पराजित लाजियो भने २५ खेलपछि ४३ अंकका साथ सातौं स्थानमै खुम्चिएको छ ।

प्रकाशित मिति २२ फाल्गुन २०७७, शनिबार २१:३३
Loading...