कोपा डेल रे फाइनल : उपाधिका लागि बार्सिलोना र बिल्बाओ भिड्ने

काठमाडौं, फागुन २१

जारी सिजन २०२०–२१ अन्तर्गत स्पेनको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे कपको उपाधिका लागि ला लिगाका दुई बलिया टोली बार्सिलोना र एथ्लेटिक बिल्बाओको भिडन्त हुने भएको छ । गत राति दोस्रो सेमिफाइनल खेलमा बिल्बाओले लेभान्टेलाई एग्रीगेटमा २–३ ले पराजित गर्दै फाइनलमा स्थान तय गरेको हो । त्यसअघि पहिलो सेमिफाइनल खेलमा बार्सिलोनाले सेभिल्लामाथि ३–० को जित निकाल्दै फाइनल पुगेको थियो । बार्सिलोना सेभिल्लाको घरमा भएको पहिलो लेगमा २–० ले हारे पनि दोस्रो लेगमा ३–० को कमब्याक जित निकाल्दै समग्रमा ३–२ को नतिजाका साथ फाइनल प्रवेश गरेको थियो । त्यसपछि दोस्रो सेमिफाइनल खेलमा बिल्बाओले लेभान्टेलाई दोस्रो लेगमा १–२ ले तथा समग्रमा २–३ ले पराजित गर्दै बार्सिलोनासँगको उपाधि भेट पक्का गरेको हो । बार्सिलोना पछिल्ला १० वर्षमा सातौंपटक कपको फाइन पुगेको टोली हो ।

बार्सिलोना र बिल्बाओ ला लिगाका दुई बलिया टोली भएकाले यसपटक कोपाको उपाधि भिडन्त रोमाञ्चक हुने पक्का छ । बिल्बाओ गत सिजन पनि फाइलन पुगेको टोली हो । तर, गत सिजन कोरोना भाइरस महामारीका कारण कोपाको फाइनल रद्द भएको थियो । फाइनलमा बिल्बाओ र रियल सोसिडाड पुगेका थिए । यसपटक पनि बिल्बाओ फाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा बिल्बाओ र बार्सिलोनलो दुवैले एग्रीगेटमा २–३ को जित निकाल्दै उस्तै नतिजाका साथ फाइनल पुगेका हुन् । अब फाइनल खेल आगामी अप्रिल १७ तारिखमा बिल्बाओको घरेलु मैदानमा हुनेछ । सो खेलको समय भय तय भइसकेको छैन । बार्सिलोना कोपाको उपाधि सबैभन्दा धेरै जित्ने टिम हो । उसले यो प्रतियोगिता हालसम्म कूल ३० पटक जितेको छ । त्यसपछि दोस्रो स्थानमा बिल्बाओ छ । उसले कूल २३ पटक कपको उपाधि जित्दा तेस्रो स्थानमा रहेको रियल मड्रिडले भने यो उपाधि १९ पटक मात्रै जितेको छ ।

प्रकाशित मिति २१ फाल्गुन २०७७, शुक्रबार ०४:१३
Loading...