आज सोमबार : यस्तो हुन्छ आजको दिन जन्मिएका मानिसको भाग्य र भविष्य

काठमाडौं, फागुन १७

विज्ञान तथा ज्योतिष विज्ञानका अनुसार मानिस जन्मेको समय, स्थान र समयले उनीहरूको जीवनमा फरक पार्छ । कुन दिन, कुन बार र कस्तो समयमा जन्मिए भन्ने कुराले मानिसको कुण्डलीदेखि व्यक्तिगत स्वभावसम्म फरक पार्ने बताइन्छ ।  ज्योतिशास्त्र पनि एक विज्ञान भएकाले धेरैले यस कुरामा विश्वास पनि गर्ने गर्छन् । यदि मान्छेको जन्म समय, स्थान आदि सबै कुरा ठीक छ भने धेरै कुरा ज्योतिषशास्त्र अनुसार मेल खाने बताइन्छ । यहाँ ज्योतिष विज्ञानका भनाइअनुसार सोमबार जन्मिने व्यक्ति कस्ता स्वभावका हुन्छन् भन्नेबार चर्चा गरिएको छ । यहाँ उल्लेख भएका कुरा ज्योतिशास्त्र अनसार नै उल्लेखित कुरा हुन् । यी कुरा सोमबार जन्मबार भएका मानिसको जीवन र कुण्डलीमा मेल खान्छ कि खाँदैन, पढिसकेपछि कमेन्ट गर्न नभुल्नु होला ।

– सोमबार जन्मेका मानिसको स्मरण शक्ति निकै तेज हुन्छ ।
– उनीहरू निकै मृदुभाषी हुन्छन् । र, निकै मुडी पनि हुन्छन् ।
– उनीहरू निकै संवेदनशील हुन्छन् । जसका कारण उनीहरू स–साना कुरामा पनि भावुक र संवेदनशील हुने गर्छन् ।
– उनीहरूलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
– उनीहरूका लागि सम्बन्ध निकै महत्त्वपूर्ण हुन्छ । उनीहरूले सम्बन्ध बनाउन र कायम राख्ने कुरामा निकै ख्याल र्छन् ।
– उनीहरू पढाइमा तीक्ष्ण हुन्छन् । र, आफ्नो भविष्यलाई निकै सबल बनाउन सफल पनि हुन्छन् ।
– सोमबार जन्मिने महिला निकै मायालु हुन्छन् । उनीहरूले भविष्यमा आफ्ना पतिको निकै माया र ख्याल गर्छन् ।
– सोमबार जन्मेका पुरुष पनि निकै मायालु हुन्छन् । तर, उनीहरू निकै लोभी हुन्छन् ।
– सोमबार जन्मेका महिला र पुरुष दुवैले आफ्नो सौन्दर्यमा निकै ध्यान दिन्छन् । उनीहरूको सौन्दर्यबाट जो कोही मोहित हुन्छन् ।

 

प्रकाशित मिति १७ फाल्गुन २०७७, सोमबार ०४:१६
Loading...