‘युभेन्टसलाई काँधमा बोकेर’ हिँड्दै रोनाल्डो : तीन तथ्यांक हेरौं

एजेन्सी, फागुन १३

इटालियन क्लब युभेन्टसका प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डो अहिले क्लबका लागि मेरुदण्ड नै बनेका छन् । यस्तो उनको व्यक्तिगत तथ्यांकले देखाउँछ । फुटबलको तथ्यांक संकलन गर्ने चर्चित संस्था ‘ओप्टा’ले सार्वजनिक गरेको एक तथ्यांकअनुसार नयाँ प्रशिक्षक आन्ड्रेया पिर्लोका लागि रोनाल्डो टिमलाई काँधमा बोकेर हिँड्ने प्रमुख खेलाडी बनेका छन् । तथ्यांक १, केही समयअघि अघि मात्रै ३६औं जन्मदिन मनाएका पोर्चुगिज फरवार्ड यो सिजन युभेन्टसका बहुसंख्यक गोलमा सहभागी छन् । ठ्याक्कै प्रतिशत नै हेर्दा यो सिजन यहाँसम्म आइपुग्दा युभेन्टस सिंगै टिमले गरेका कूल गोल संख्यामध्ये रोनाल्डो एक्लैले ४८ प्रतिशत गोल गरेका छन् । यो तथ्यांकले नै उनी टिमका लागि कति महत्त्वपूर्ण छन् भन्ने देखाउँछ ।

तथ्यांक २, युभेन्टसले यो सिजन हालसम्म सिरी ए लिगमा कूल ४४ गोल गरेको छ । यो टिमका सबै खेलाडीले गरेको कूल गोल संख्या हो । जसमध्ये रोनाल्डो एक्लैले १८ गोल गरेका छन् । यो अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो । तथ्यांक ३, अर्को तथ्यांकअनुसार यो सिजन हालसम्म यहाँसम्म आइपुगदा रोनाल्डो एक्ल टिमका लागि कूल ५४ प्रतिशत गोलमा सहभागी भएका छन् । गोल प्लस असिस्ट गरेर उनले यो सिजन टिमका लागि कूल गोलमध्ये ५४ प्रतिशतमा सोझै योगदान दिएका छन् ।
०००

रोनाल्डोले जारी सिजन हालसम्म सबैलखाले प्रतियोगितामा कूल २८ खेललाट २५ गोल गरेर ७ गोलमा असिस्ट गरिसकेका छन् । जसमा उनले सिरी ए लिगमा १८ गोल र च्याम्पियन्स लिगमा ४ गोल गरेका छन् । बाँकी गोल अन्य प्रतियोगितामा गरेका छन् । यो सिजन पनि रोनाल्डोका नाममा दर्जनौं दुर्लभ रेकर्डहरू बनिसकेका छन् ।

प्रकाशित मिति १३ फाल्गुन २०७७, बिहीबार १४:५५
Loading...