मेस्सीले आफ्नो जर्सी मागेपछि गोलकिपर चकित …….. (भिडियो)

एजेन्सी, फागुन १५

स्पेनिस फुटबल क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले खेल दौरान (खेलपछि) विपक्षी टोलीका खेलाडीसँग लरतर जर्सी साट्दैनन् । आफूसँग जर्सी माग्नेलाई उनले सजिलै दिन्छन् । तर, आफू भने जर्सी माग्दैनन् । कहिल्यै नाग्ने पनि होइन । तर, उनले आफैंले जर्सी मागेका घटना भने विरलै मात्र छन् । केही समयअघि मेस्सीले एक अन्तर्वार्तामा कुरा गर्दै आफूले कुनै बेला विपक्षी खेलाडीको जर्सी मागेको भए उनी फ्रान्सका जिनेदिन जिदान (हाल रियल मड्रिडका प्रशिक्षक) रहेको बताएका थिए । नत्र मेस्सी आफैं पनि यो बताउँछन् कि, उनले अन्य खेलाडीसँग जर्सी साटौं वा देऊ भनेर कहिल्यै भन्दैनन् । त्यसो त आफ्नो राष्ट्रिय टोलीका सहकर्मी क्लब फुटबलमा विपक्षी खेलाडी रहेको अवस्थामा भने उनले केहीपटक जर्सी मागेका छन् । बार्सिलोनामा छँदाका सहकर्मी लुइस स्वारेजसँग अन्तर्राष्ट्रिय फुटबलमा खेल्दा उनले जर्सी साटासाट गरेका थिए ।

तर, केही दिनअघि ला लिगामा बार्सिलोना र इल्चेको खेल दौरान उनै मेस्सीले पराजित टोली इल्चेका गोलकिपरसँग जर्सी दिनका लागि अनुरोध गरे । सो विषय मिडियामा निकै चर्चाको विषय पनि बन्यो । त्योभन्दा बढी त मेस्सीको जर्सी पाउने इल्चेका गोलकिपरको भनाइ चर्चित बन्यो । त्यसो त जर्सी पहिला मेस्सीले नमागी इल्चेका गोलकिपरले नै मागेका थिए । मंगलबार राति बार्सिलोनाको घरमा भएको सो खेलमा बार्सिलोनाले १८औं स्थानको इल्चेलाई ३–० ले हराउँदा मेस्सीले २ गोल गरेका थिए । क्याम्प नोउमा भएको खेलमा मेस्सीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन देखाउँदै आफ्नो नाममा २ गोल लेखाउँदा पाहुना टोली इल्चेका गोलकिपर इड्गार बडिया मेस्सीको जादुयी प्रदशर्शनाट पडीति बने । तर, खेलपछि उनले निकै खुसीको अनुभूति गर्न पाए । जहाँ उनले खेल सकिएपछि ६ पटकका बालोन डिओर विजेता मेस्सीसँग जर्सी दिन आग्रह गरे । र, मेस्सीले पनि सजिलै उनको आग्रहलाई स्वीकार गर्दै जर्सी दिन राजी भए ।

मेस्सीले खुसीसाथ आफ्नो २ गोल खाएका गोलकिपरलाई जर्सी दिए । र, जर्सी पाउनासाथ इल्चेका गोलकिपर बडिया आफ्नो बाटो लाग्न खोज्दै थिए । तर बडिया त्यसबेला अचम्ममा परे, जब मेस्सीले आफूलाई रोक्दै उनीसँग जर्सी मागे । आफूले मेस्सीसँग जर्सी मागे पनि मेस्सीले पनि आफूसँग जर्सी माग्लान् भनेर आफूले कल्पनै नगरेको कुरा बडियाले खेलपछि कुरा गर्दै मिडियासँग प्रतिक्रिया दिए । ३३ वर्षीय गोलरक्षकले खेलपछि प्रतिक्रिया दिँदै भनेका थिए, ‘मैले मेस्सीसँग हार्दिकतापूर्वक उनको जर्सी मागें । र, उहाँले मलाई खुसीसाथ दिनुभयो । उहाँको जर्सी पाएपछि म आफ्नो बाटो लाग्न खोज्दै थिएँ । तर, उहाँले पनि मेरो जर्सी माग्नुभयो । उहाँले मेरो जर्सी माग्नुहुन्छ भनेर मैले कल्पनै गरेको थिइनँ । आजसम्म मैले खेलाडीका रूपमा कहिल्यै पनि उपाधि जितेको छैन । तर, आज मेस्सीको जर्सी पाउँदा त्योभन्दा ठूलो कुरा उपाधिभन्दा ठूलोा कुरा जितेजस्तो अनुभूत भयो ।’

भिडियो यहाँ हेरौं–

प्रकाशित मिति १२ फाल्गुन २०७७, बुधबार ०७:२०
Loading...