च्याम्पियन्स लिग अन्तिम १६ : यस्तो हुनेछ पार्टो र युभेन्टसको प्लेइङ–११

काठमाडौं, फागुन ५
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज राति हुने अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) चरणका दुई खेलमध्ये एक खेलमा पोर्चुगिज क्लब पोर्टो र इटालियन क्लब युभेन्टसको आमनेसामने हुँदैछन् । यो खेल पोर्टोको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

क्रिस्टियानो रोनाल्डोसहितका प्रमुख खेलाडीलाई लिएर युभेन्टसका प्रशिक्षक आन्ड्रेया पिर्लो दुई दिनअघि नै पोर्चुगल उत्रिसकेका छन् । आज उनले घरेलु टोलीविरुद्ध सोही देशका सुपरस्टार रोनाल्डोसहितका पहिलो रोजाइका खेलाडीलाई उतार्ने तयारी गरेका छन् ।

नकआउट चरणका खेल भएकाले पिर्लो यी खेलमा टोली छनौटमा कुनै लापरबाही गर्ने पक्षमा छैनन् । उनले आज गोल पोस्ट, रक्षापंक्ति, मिडफिल्डदेखि फ्रन्ट लाइनमा समेत पहिलो रोजाइका खेलाडी राख्नेछन् । आज पोर्टोविरुद्ध फ्रन्ट लाइनमा रोनाल्डोसँगै अल्भारो मोराटा हुनेछन् । मिडफिल्डमा युवा खेलाडीको मजबुत उपस्थित हुनेछ ।

Porto possible starting lineup:
Marchesin; Manafa, Mbemba, Pepe, Sarr; Corona, Oliviera, Uribe; Diaz, Marega, Taremi

Juventus possible starting lineup:
Szczesny; Danilo, Bonucci, De Ligt, Alex Sandro; Chiesa, Bentancur, Rabiot, McKennie; Ronaldo, Morata

प्रकाशित मिति ५ फाल्गुन २०७७, बुधबार १२:५९
Loading...