बार्सिलोना भर्सेस अलाभेस : पहिलो हाफमा बार्सिलोना २–० ले अघि

काठमाडौं, फागुन २
स्पेनिस ला लिगा फुटबलमा अहिले चौथो स्थानको बार्सिलोना र १६औं स्थानको अलाभेसको खेल जारी छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा जारी खेलको पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लिएको छ । घरेलु टोलीका लागि पहिलो गोल खेलको २९औं मिनेटमा पोर्चुगिज युुवा खेलाडी फ्रान्सिस्को ट्रिनकाओले निकै सुन्दर गोल गरेका थिए ।

ट्रिनकाओको गोलमा यसै खेलबाट ला लिगामा डेब्यु गरेका नयाँ खेलाडी मोरिबाले निकै राम्रो असिस्ट गरेका थिए । जसमा ट्रिनकाओले सुन्दर सटमा बललाई जाली चुमाए । पहिलो गोलपछि ३५औं मिनेटमा कप्तान मेस्सीले दोस्रो गोल गरेका थिए । तर, उनको गोललाई भिएआरले मान्यता दिएन । तर, पहिलो हाफको इन्जुरी समयमा मेस्सीले सर्जियो बुस्केट्सको पासमा बक्स भित्रबाट बडा सुन्दर गोल गरेपछि बार्सिलोना २–० ले अघि भयो ।

प्रकाशित मिति १ फाल्गुन २०७७, शनिबार २०:३५
Loading...