पूर्व युवराज्ञी हिमानी साहको लोभलाग्दो सौन्दर्य : हेरौं १५ तस्बिरहरू

हिमानी शाह नेपालकी पूर्व युवराज्ञी हुन् । उनको जन्म १ अक्टोबर, १९७६ भएको थियो । यिनी पूर्व युवराज पारस शाहकी श्रीमती हुन् । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यवंशी राजकूलका राजा विक्रम सिंह र रानी विपुला सिंहकी छोरी हुन् । हिमानी आफ्नो सौन्दर्य र शालीन व्यक्तित्वका कारण लोकप्रिय छन् । समाजसेवा कार्यले पनि उनलाई नेपालीमाझ लोकप्रिय बनाउँदै लगिरहेको छ ।

उनको तात्कालीन शाहज्यादा पारससँग विवाह भएको थियो । हाल विभिन्न सामाजिक कृयाकलापमा संलग्न हिमानी छोरा हृदयेन्द्र शाह र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई साथमा लिएर नेपालमा बस्दै आएकी छन् । अहिले हिमानीले आफ्नो नामबाट खोलिएको हिमानी शाह ट्रस्टमार्फत् समाजसेवा गर्दै आएकी छन् ।

हिमानीका पति पूर्वयुवराज पारस खराब आचरण र निजी गतिविधिका कारण बेला–बेला विवाद र चर्चामा आइरहन्छन् । तर, हिमानी भने निरन्तर समाजेसवामा छिन् । र, उनलाई देश तथा विदेशमा माया गर्नेको संख्या ठूलै छ । अहिले हिमानीलाई सामाजिक सन्जालमा पछ्याउनेको संख्या पनि बढ्दो छ । यहाँ हामीले सामाजिक सन्जाल तथा इन्टरनेटबाट संकलन गरेका हिमानीका केही सुन्दर तस्बिरहरू राखेका छौं ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति १ फाल्गुन २०७७, शनिबार १३:१८
Loading...