रायो साग स्वास्थ्यका लागि अमृत समान : थाहा पाउनुहोस् फाइदाहरू

काठमाडौं, चैत ५

हामीले दैनिक जीवनयापनक्रममा तरकारीका रूपमा खाने रायो साग मानवीय स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । त्यसै पनि हरिया सागपात स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छन् । तर, रायो साग भने निकै गुणदायाी सब्जीमा पर्छ । हामीले दैनिक जीवन र भान्सामा नियमितजसो साग खाने गरे पनि यसको फाइदाबारे धेरैलाई थाहा नहुन सक्छ ।  यहाँ यसका खास फाइदाहरूबारे उल्लेख गरिएको छ:

– शरीरमा ५० वर्षपछि भिटामिन ‘के’ को कमीले हड्डी खिइने समस्या उत्पन्न गर्छ । भिटामिन ‘के’ को कमी हुँदा शरीरलाई चाहिने आवश्यक कुरा हर्मोनबाट नलिईकन हड्डीबाट लिन सुरु गर्न थाल्ने हुँदा पछि गएर हड्डी खुकुलो हुँदै जान्छ । यस्तो समस्याका लागि रायो साग अचुक औषधि नै हुन्छ ।
– रायो सागमा प्रशस्त मात्रामा भिटामिन ‘के’ हुन्छ ।
– रायो सागमा धेरै मात्रामा पाइने भिटामिन ‘के’ले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ ।
– रायो सागमा पाइने भिटामिन ‘के’ ले महिनावारीका बेला शरीर दुख्ने समस्या, गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्नेजस्ता समस्यार्ला कम गर्छ ।
– रायोको सागमा भिटामिन ‘ए’, भिटामिन ‘बी’, भिटामिन ‘सी’ पाइनुका साथै फाइबर, म्याग्नेसियम र फोलेटजस्ता पोषक तत्त्वहरू पाइन्छन् ।

– रायोको सागमा पाइने भिटामिनले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिमलाई कम गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुन पनि दिँदैन ।
– रायोको सागले बाथका रोगीलाई विशेष फाइदा पुग्छ ।
– रायोको सागमा प्रशस्त मात्रामा पाइने फाइबरले पाचन प्रणालीलाई सक्रिय बनाएर खानालाई सजिलैसँग पचाएर कब्जियत हुन दिँदैन । र, पेटसम्बन्धी हुने विभिन्न रोग निको पार्छ ।
– रायो सागमा पाइने भिटामिन ‘सी’ले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन, पिसाबको नलीमा हुने पत्थरीको जोखिम घटाउँछ ।
– नियमित रूपमा रायोको सागको सेवनले घट्दै गएको स्मरणशक्तिको समस्यालाई ४० प्रतिशतसम्म कम गर्ने विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति २९ माघ २०७७, बिहीबार १६:४२
Loading...