करिश्मा मानन्धरलाई ‘महानायिका’को उपाधि : महानायक हमालले लगाइदिए क्राउन

काठमाडौं, फागुन २८
अभिनेत्री करिश्मा मानन्धरलाई ‘महानायिका’को उपाधिबाट सम्मान गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ४७ वर्षीय करिश्मालाई नेपाली फिल्म क्षेत्रबाट लिजेन्ड नायिकाको रूपमा महानायिकको उपाधि दिइएको हो । आरके इन्टरटेनमेन्ट ग्रुपले आफ्नो २०औं वार्षिक उत्सवको अवसरमा करिश्मालाई महानायिका उपाधिबाट सम्मान गरेको हो ।

आरके इन्टरटेनमेन्ट ग्रुप त्यही संस्था हो, जसले आफ्नो नवौं वार्षिक उत्सवको अवसरमा ११ वर्षअघि राजेश हमाललाई महानायक उपाधिले सम्मान गरेको थियो । यसपटक सोही संस्थाले करिश्मालाई महानायिका उपाधिबाट सम्मान गरेको हो ।

हाल ४७ वर्ष पुगेकी करिश्मा १४ वर्षको कलिलो उमेरबाटै अभिनयमा लागेक थिइन् । उनले वि. सं. २०२४२ सालमा ‘सन्तान’ फिल्मबाट चलचित्रको रंगीन दुनियाँमा पाइला राखेकी थिइन् । तीन दशकभन्दा लामो जीवनमा उनले सयौं फिल्म खेलिन् । उनलाई आज पनि ‘सदाबहार नायिका’ भनेर चिनिन्छ ।

करिश्माका मायालु, कस्तूरी, ट्रक ड्राइभर, पन्छी, साथी, बसन्ती, परदेशी कान्छा, ढुकढुकीजस्ता चर्चित फिल्ममा गनिन्छन् । करिश्मालाई महानायिका उपाधि दिँदा महानायक राजेश हमाल पनि सभामा सहभागी थिए । उनैले करिश्मालाई महानायिकाको क्राउन लगाइदिएका थिए ।

प्रकाशित मिति २८ माघ २०७७, बुधबार १६:४१
Loading...