‘ऋण तिर्न नसक्दा’ राजेश हमालले जीवनबाटै हरेश खाए ……. (भिडियो)

काठमाडौं, माघ २८
महानायक राजेश हमाल अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘ज्यानै फाल्नु पहिले’ बोलको गीतमा हमाललाई फिचर्ड गरिएको छ । गीतमा राजेश हमालकी श्रीमतीको रूपमा अभिनेत्री रिमा विश्वकर्मालाई देखाइएको छ । उनीहरूको छोरीको भूमिकामा बाल कलाकार श्रीवानी थापालाई पनि देख्न सकिन्छ ।

गीतमा राजेश हमालले ऋण तिर्न नसकेपछि कालोसूचीमा परेर जीवनबाट हरेश खाएर ज्यानै फाल्न तयार भएको देख्न सकिन्छ । ऋण तिर्न नसकेर आफ्नो नाम कालोसूचीमा परेपछि अपमानित भएको अनुभूत गरेर हमाल ज्यान फाल्न तयार हुन्छन् ।

‘सोच एकपल्ट फेरि ज्यानै फाल्नु पहिले…..’ भन्दै गीतले आफ्नो जीवन आफैं अन्त्य गर्नुअघि त्यसको नतिजा के हुन्छ भनेर सोच्न अनुरोध गरेको छ । र, गीतको मुख्य सन्देश पनि यही हो । गीत बसन्त लम्सालले लेखेका हुन् भने संगीत पनि उनैको हो । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने बुद्ध थापाले सिनेमेटोग्राफी गरेका छन् । प्रस्तुत भिडियोलाई ‘टुवेल्स’ नाम युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो यहाँबाट हेरौं:

प्रकाशित मिति २८ माघ २०७७, बुधबार ०६:०२
Loading...