सिरी ए लिगमा एसी मिलानको शानदार जित : ज्लाटनले हाने २ गोल

काठमाडौं, माघ २५
इटालियन सिरी ए लिग फुटबलको उपाधि होडमा रहेको एसी मिलानले अर्को शानदार जित निकालेको छ । आज भएको लिगको २१औं साताको खेलमा मिलानले आफ्नो घरेलु मैदानमा २०औं स्थानको क्रोटोनेमाथि ४–० को एकपक्षीय जित निकाल्यो । मिलानका लागि आजको जित यो सिजनको १५औं जित हो ।

सान सिरोमा मिलानलाई जिताउनेक्रममा ज्लाटन इब्राहिमोभिच र एन्टे रेबिचले २–२ गोल गरे । सुरुआती २ वटै गाल ज्लाटनले गरेका थिए । खेलको ३०औं मिनेटमा ज्लाटनले पहिलो गोल गरेका थिए । त्यसपछि उनैले ६४औं मिनेटमा दोस्रो गोल गरेपछि मिलान सहज जिततर्फ अघि बढेको थियो ।

मिलान त्यत्तिमै रोकिएन । खेलको ६९औं मिनेटमा रेबिचले पहिलो गोल गरेर टिमलाई ३–० को अग्रता दिलाए । लगत्तै अर्को मिनेटमा रेबिचले नै व्यक्तिगत दोस्रो गोल गरेपछि खेल मिलानले ४–० ले जित्यो । अब यो जितपछि मिलानले २१ खेलबाट कूल ४९ अंक जोडेको छ । उसले समान खेलपछि दोस्रो स्थानको इन्टर मिलानलाई २ अंकले पछि पार्दा साबिक च्याम्पियन युभेन्टसलाई ७ अंकले पछि पारेको छ । तर, युभेन्टसले १ खेल कम खेलेको छ ।

प्रकाशित मिति २५ माघ २०७७, आईतवार १६:१५
Loading...