कोपा डेल रे फुटबल : आजदेखि क्वार्टरफाइनलका खेल हुँदै

काठमाडौं, माघ २०
स्पेनिस नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे कपमा आजदेखि क्वार्टरफाइनल चरणका खेलहरू सुरु हुँदैछन् । आज पहिलो दिन जम्मा एक खेल मात्रै हुनेछ । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनको तल्लो डिभिजनको टिम अल्मेरिया र ला लिगा टोली सेभिल्ला आमनेसामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार आज राति १ः४५ बजेबाट सुरु हुनेछ ।

क्वार्टरफाइनलमा को–को खेल्दैछन् ?

अल्मेरिया भर्सेस सेभिल्ला
लेभान्टे भर्सेस भिल्लारियल
ग्रानाडा भर्सेस बार्सिलोना
रियल बेटिस भर्सेस एथ्लेटिक बिल्बाओ

यसपटक अन्तिम आठमा प्रवेश गरेका ८ टिममध्ये ७ टोली शीर्ष लिग ला लिगाका टोली छन् भने १ टोली तेल्लो डिभिजनको टिम छ । यसपटक अन्तिम आठमा ला लिगाका दुई बलिया टोलीहरू रियल मड्रिड र एथ्लेटिको मड्रिड छैनन् । रियल अन्तिम ३२ बाटै तेस्रो डिभिजनको टिम अल्कोयानोसँग पराजित भएर आउट भयो भने एथ्लेटिको त्यसअघि दोस्रो राउन्डमा तेस्रो डिभिजनको टिम कोर्नेल्लासँग पराजित भएर प्रतियोगिताबाट आउट भएको थियो । अहिलेको अवस्थामा बार्सिलोना र सेभिल्लालाई उपाधिका लागि प्रमुख दाबेदार मानिएको छ ।

प्रकाशित मिति २० माघ २०७७, मंगलवार ०५:५३
Loading...