‘स्वारेजलाई लखेटेकोमा बार्सिलोनालाई अहिले ठूलो पछुतो छ’

एजेन्सी, माघ १९
गत समर विन्डोमा स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्ना उरुग्वेन फरवार्ड लुइस स्वारेजलाई फ्री ट्रान्सफरमा आफ्नो सोझो प्रतिस्पर्धी एथ्लेटिको मड्रिड पठायो । नयाँ प्रशिक्षाक रोनाल्ड कोम्यानले आफ्नो योजनामा स्वारेज नरहेको भन्दै उनको बिदाइमा भूमिका खेलेका थिए । स्वारेज आफैं बार्सिलोना छाड्न चाहँदैन थिए । अझै एक वर्ष उनको सम्झौता बाँकी नै थियो । तर, आफ्नो चाहनाबिपरीत क्लबबे उनलाई लखेट्यो ।

उनै स्वारेज अहिले एथ्लेटिकोमा नायक बनेका छन् । उनले लगातार उच्च प्रदर्शन गर्दै प्रशस्तै गोल मात्रै गरिरहेका छैनन्, टिमलाई यसपटक स्पष्ट रूपमा ला लिगा जित्ने दिशामा अघि बढाएका छन् । अहिले स्वारेज १५ गोलसहित ला लिागको सर्वाधिक गोलकर्ता छन् । उनले आफ्नै पूर्वसहकर्मी लिओनल मेस्सीलाई नै पछि पारिरहेका छन् । अहिले कतिपयले बार्सिलोनाले गोल मेसिन स्वारेजजस्ता खेलाडीलाई निःशुल्क आफ्नो खास प्रतिस्पर्धी टिममा पठाएर बार्सिलोनाले ठूलो गल्ती गरेको भनेर आलोचना भइरहेको छ ।

यसैक्रममा स्वारेजको देश उरुग्वेको राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक ओस्कार टाबरेजले यो बताएका छन् कि, स्वारेजलाई निःशुल्क पठाएकोमा बार्सिलोना अहिले ठूलो पछुतो मानिरहेको छ । ओस्कारले स्वारेज फ्री ट्रान्सफरमा दिने खेलाडी नरहेको बताएका छन् । ‘मेरो विचारमा स्वारेजजस्ता खेलाडीलाई फ्री ट्रान्सफरमा दिनु एकदमै ठूलो मूर्खता होे । तर, बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई उपहारस्वरूप स्वारेज दियो,’ ओस्कारले भनेका छन्, ‘आज बार्सिलोना स्वारेजलाई त्यसरी लखेकोटमा पछुतो मानिरहेको छ ।’

ओस्कारले स्वारेजकै मुख्य योगदानमा एथ्लेटिकोले ला लिगा जित्ने पनि बताएका छन् । ‘यहाँसम्मको अवस्था हेर्दा अब एथ्लेटिकोलाई लिग उपाधि जित्नबाट रोक्न कसैले सक्दैन । मलाई लाग्छ, उनीहरू स्वारेजकै योगदानमा लिग जित्न गइरहेका छन्,’ ओस्कारले भने, ‘ला लिगामा यसपटक स्वारेजले मेस्सीको भन्दा धेरै गोल गर्नेछन् ।’

प्रकाशित मिति १९ माघ २०७७, सोमबार १६:३९
Loading...