यस्तो हुनेछ बिल्बाओविरुद्ध बार्सिलोनाको ‘तुफानी’ प्लेइङ–११

काठमाडौं, माघ १८
स्पेनिस ला लिगा फुटबलमा आज राति बार्सिलोना र एथ्लेटिक बिल्बाओको रोमाञ्चक खेल हुँदैछ । यो खेलका लागि चौथो स्थानको बार्सिलोनाले १०औं स्थानको बिल्बाओलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट क्याम्प नोउ रंगशालामा हुनेछ । आजको खेलमा बार्सिलोना ठूलो दबाबमा हुनेछ । बार्सिलोना मात्रै हैन, आजको खेलमा बिल्बाओ पनि खास लक्ष्यका साथ क्याम्प नोउमा उत्रिनेछ ।

बिल्बाओ त्यही टिम हो, जसले केही दिनअघि मात्रै स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनालाई ३–२ ले हराएर उपाधि जितेको थियो । सो खेलको दुई सातापछि नै बार्सिलोनाले ला लिगामा बिल्बाओको सामना गर्दैछ । कपको फाइनलमा कप्तान लिओनल मेस्सीले रातो कार्ड पाएका थिए । मेस्सी त्यसपछि दुई खेलको प्रतिबन्ध पूरा गरर आज रातिको खेलबाट ला लिगामा कमब्याक गर्दैछन्, त्यो पनि जुन टिमसँग खेल्दा रातो कार्ड पाएका थिए, त्यही टिमविरुद्धको खेलबाट ।

तसर्थ आज रातिको खेल बाार्सिलोना र कप्तान मेस्सी स्वयंका लागि धेरै नै महत्त्वपूर्ण हुनेछ । आजको जित बार्सिलोनाका लागि उपाधि होडमा अघि बढ्न धेरै नै महत्त्वपूर्ण पनि हुनेछ । यदि घरेलु मैदानमा बिल्बाओलाई हराउन सके बार्सिालेना रियल मड्रिडलाई पछि पार्दै यो सिजन पहिलोपटक लिगको दोस्रो स्थानमा पनि चढ्नेछ । तसर्थ, दोस्रो स्थानमा उक्लिने मौका नगुमाउनका लागि पनि बार्सिलोनाका लागि आज रातिको जित अनिवयार्य छ । यस्तो हुनेछ आज राति बार्सिलोनाको सम्भावित प्लेइङ–

Griezmann · Messi · Dembele
Pedri · Pjanic · de Jong
Alba · Lenglet · Araujo · Roberto
ter Stegen

प्रकाशित मिति १८ माघ २०७७, आईतवार १४:१८
Loading...