काठमाडौं, माघ १४
कोपा इटालिया फुटबलको अन्तिम आठमा आज राति युभेन्टस र एसपिएल भिड्दैछन् । प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि यी दुई टोली एकले अर्कोलाई पन्छाउने होडमा छन् । सो खेल नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ ।
आज रातिको खेलमा युभेन्टस आफ्ना प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोबिनै मैदान उत्रिँदैछ । यस खेलमा रोनाल्डोलाई पूर्ण रूपमा आराम दिइएको छ । रोनाल्डो नहुँदा युभेन्टसमाथि चर्को दबाब हुनेछ । रोनाल्डोलाई आराम दिइएको खेलमा अर्का प्रमुख फवार्ड पाउलो डिबाला पनि चोटका कारण टोलीमै छैनन् ।
तसर्थ आज युभेन्टसको फ्रन्ट लाइनमा अल्भारो मोराटामाथि ठूलो जिम्मेवारी र दबाब हुनेछ । मोराटालाई डेजान सुलुसेभ्स्की, फेडरिको किइजा, वेस्टन म्याकेनीसहितका युवा खेलाडीले सघाउने सम्भावना छ ।
Juventus possible starting lineup:
Buffon; Cuadrado, De Ligt, Demiral, Frabotta; McKennie, Ramsey, Rabiot, Chiesa; Kulusevski, Morata