‘भाइरल ब्वाई’ सचिन परियार र राजेश हमाल यसरी छमछमी नाचे (भिडियो)

काठमाडौं, माघ १४
महानायक राजेश हमाल अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बरको छायाँले’ बोलको लोक दोहोरी गीतको म्युजिक भिडियोलाई इनाक्षी इन्टरटेन्टमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गोविन्द पौडेल, कमला घिमिरे र करुणा राईले स्वर दिएका छन् ।

सो गीत गोविन्द पौडेलले लेखेका हुन् भने धुन पनि उनैले भरेका छन् । गीतको संगीत संयोजन कृष्ण बिकले गरेका छन् । भिडियोमा महानायक हमालसँगै पछिल्लो समय भाइल बनेका दोहोरी बालगायक तथा कलाकार सचिन परियार, बाल गायिका आयुषा गौतम र करुण राईले अभिनय गरेका छन् ।

भिडियोको कोरियोग्राफी कजिश श्रेष्ठले गरेका छन् भने सम्पादन दीपक विष्टले गरेका छन् । यो समाचार बनाउँदासम्म म्युजिक भिडियो १० लाखभन्दा धेरैपटक हेरिसकिएको छ ।

भिडियो यहाँबाट हेरौं:

प्रकाशित मिति १४ माघ २०७७, बुधबार १३:२०
Loading...