रियल मड्रिडद्वारा कोपा डेल रे खेल्ने टोली घोषणा : को–को परे ?

एजेन्सी, माघ ६
स्पेनिस फुटबल क्लब रियल मड्रिडले नयाँ सिजन २०२०–२१ अन्तर्गत कोपा डेल रे कप खेल्ने आफ्नो पहिलो टोली घोषणा गरेको छ । आज रियलले २० सदस्यीय टोली टोली घोषणा गरेको हो । रियलले भोलि (बुधबार) राति प्रतियोगिताको नकआउट चरण अन्तिम ३२ को खेल अल्कोयानोसँग खेल्दै छ । अल्कोयानो तल्लो श्रेणीको टिमहो ।

प्रशिक्षक जिनेदिन जिदानले सार्वजनिक गरेको टोलीमा केही प्रमुख खेलाडी छैनन् । कप्तान सर्जियो रामोस, लुका मोड्रिच, राफाएल भाराने, ड्यानी कार्भाहालसहितका खेलाडी छैनन् । तर, फ्रन्ट लाइनमा इडेज हाजार्ड, करिम बेन्जेमा, मार्को एसेन्सियो, भिनिसियस जुनियरसहितका सबै प्रमुख खेलाडी टोलीमा समेटिएका छन् । विगत वर्षहरूमा कोपामा होम एन्ड अवे खेल हुँदै आए पनि यसपटक सिंगल लेगका खेल मात्रै हुनेछन् ।

प्रकाशित मिति ६ माघ २०७७, मंगलवार १६:०७
Loading...