ज्लाटन चम्किँदा एसी मिलानको सहज जित : युभेन्टस १० अंकले पछि !

काठमाडौं, पुस ६
भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच चम्किँदा इटालियन सिरी ए लिग फुटबलमा लिग लिडर एसी मिलानले सहज जित निकालेको छ । गत राति भएको लिगको १८औं साताको खेलमा मिलानले क्याग्लिअरीमाथि उसकै घरेलु मैदानमा ०–२ को जित निकालेको हो । पाहुना टोली मिलानको जितमा स्वीडिस फरवार्ड ज्लाटनले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरे ।

मिलानका लागि खेलको सातौं मिनेटमा ज्लाटनले पहिलो गोल पेनाल्टीमार्फत् गरेका थिए । त्यसपछि दोस्रो गोल उनैले खेलको ५२औं मिनेटमा गरेपछि खेलमा टिमले दोहोरो गोलको अग्रता बनायो । घरेलु टोली क्याग्लिअरीले खेलभरि नै गोल फर्काउन नसक्दा खेल मिलालने ०–२ ले जित्यो । खेलको ७४औं मिनेटमा एलेक्सिस सालेमेकर्स दोहोरो पहेंलोका साथ रातो कार्ड खाँदै मैदान छाडेपछि मिलानले बाँकी समय १० खेलाडीमा खेलेको थियो ।

अब यो जितपछि मिलानले १८ खेलबाट कूल ४३ अंक जोडेर शीर्ष स्थानमा सहज अग्रता बनाएको छ । उसले समान खेलपछि दोस्रो स्थानको इन्टर मिलानलाई ३ अंक र तेस्रो स्थानको नापोलीलाई ९ अंकले पछि परेको छ । त्यसैगरी, एक खेल कम खेलेको युभेन्टसलाई १० अंकले पछि पारेको छ । तर, युभेन्टसले एक खेल कम खेलेको छ ।

प्रकाशित मिति ६ माघ २०७७, मंगलवार ०२:४८
Loading...