हाजार्ड प्रशिक्षणमा फर्किए : भिल्लारियलसँग खेल्ने सम्भावना कति ?

एजेन्सी, असार १३
स्पेनिस रियल मड्रिडका नयाँ स्टार खेलाडी इडेन हाजार्ड प्रशिक्षणमा फर्किएका छन् । उनी आजबाट प्रशिक्षणमा फर्किएका हुन् । रियलले ला लिगाको तेस्रो खेल भिल्लारियलसँग खेल्नुअघि हाजार्ड प्रशिक्षणमा फर्किएपछि रियललाई राहत मिलेको छ । तर, हाजार्ड प्रशिक्षणमा फर्किए पनि उनले आगामी खेल खेल्नेमा भने शंका छ । भर्खरै चोटबाट फर्किएकाले प्रशिक्षक जिदानले हाजार्डलाई आइतबार रातिको खेलमा खेलाउने सम्भावना कम छ ।

यसअघि पनि उनले हाजार्डमाथि आफूले कुनै जोखिम नमोल्ने भन्दै उनी पूर्ण रूपमा फिट नहुँदासम्म आफूले फर्खिने बताएका थिए । हाजार्ड प्रि–सिजनका खेलक्रममै घाइते भएका थिए । हाजार्डले हालसम्म रियलका लागि अफिसियल खेल खेलेका छैनन् । आइतबार उनले बेन्चबाट भए पनि ला लिगामा डेब्यु गर्ने सम्भावना छ । रियलले ला लिगामा दुई खेलमा एक खेल जितेर एक खेल बराबरी गरेको छ ।

प्रकाशित मिति १३ भाद्र २०७६, शुक्रबार १५:४२
Loading...