सिटी प्रिमियर लिगको दोस्रो स्थानमा चढ्यो : लिभरपुललाई पछि छाड्यो

काठमाडौं, माघ ५
कमजोर अवस्थाबाट सिजनको सुरुआत गरेको इंग्लिस क्लब म्यानचेस्टर सिटी घरेलु प्रिमियर लिगको उपाधि होडमा फर्किएको छ । गत राति क्रिस्टल प्यालेसमाथि ४–० को प्रभावशाली जित निकाल्दै सिटी लिगको दोस्रो स्थानमा चढेको छ । सिटीले लेस्टर सिटी र साबिक विजेता लिभरपुललाई पछि पारेर दोस्रो स्थानमा उक्लिएको हो ।

आफ्नो घरेलु मैदानमा सिटीलाई सिटीलाई प्रभावशाली जित दिलाउन जोन स्टोनेसले २ गोल गरे । उनले खेलको २६औं मिनेट र ६८औं मिनेटमा गोल गरेका थिए । तेस्रो गोल ५८औं मिनेटमा इकाए गुन्डोगानले गरेका थिए । फेरि खेलको ८८औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेपछि खेल सिटीले ४–० ले जित्यो ।

अब यो जितपछि सिटीले १७ खेलबाट ३५ अंक बनाएको छ । ऊ हाल दोस्रो स्थानमा छ । सिटी अब एक खेल बढी खेलको शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडभन्दा मात्रै २ अंकले पछि छ । यदि बाँकी एक खेल पनि जिते सिटी १ अंकको अग्रतसहित शीर्ष स्थानमा चढ्नेछ । सिटीको तेस्रो स्थानको लेस्टरसँग अंक बराबरी छ भने चौथो स्थानको लिभरपुललाई १ अंकले पछि पारेको छ ।

प्रकाशित मिति ५ माघ २०७७, सोमबार ०३:२७
Loading...