सुपर कप फाइनल : यस्तो हुनेछ बार्सिलोना र बिल्बाओको प्लेइङ–११

एजेन्सी, माघ ४
स्पेनिस सुपर कपको फाइनल खेलमा आज राति बार्सिलोना र एथ्लेटिक बिल्बाओ प्रतिस्पर्धा गर्दैछन् । सेभिल्ला सहरमा हुने उपाधि भिडन्त दुवै टोलीका लागि प्रतिष्ठाको खेल हुनेछ । यो खेल नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

बार्सिलोना र बिल्बाओ आज राति दुवै टोली सिजनको पहिलो उपाधि जित्ने होडमा छन् । बिल्बाओ सेमिफाइनलमा रियल मड्रिडलाई २–१ ले हराएर फाइनल पुग्दा बार्सिलोनाले रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएर बार्सिलोनासँगको उपाधि भेट पक्का गरेको थियो ।

बार्सिलोनाका कप्तान लिओनल मेस्सी आज राति खेल्लान् कि नखेल्ला्न भन्ने अन्योलबीच उपाधि खेलमा उनले खेल्ने पक्का भउको छ । तर, उनले सुरुआती टोलीमा नखेली बेन्चबाट दोस्रो हाफमा मैदान छिर्ने सम्भावना प्रबल छ । उनी हालसालै चोटमुक्त हुँदै मैदान फर्किन लागेको प्रशिक्षकले उनलाई सावधानी अपनाउँदै दोस्रो हाफमा मैदान छिराउने योजना बुनेका छन् ।

Barca Possible XI: Ter Stegen; Dest, Araujo, Lenglet, Alba; Busquets, De Jong, Pedri; Dembele, Messi, Griezmann.

Bilbao Possible XI: Simon; Capa, Nunez, Martinez, Balenziaga; De Marcos, Vencedor, D. Garcia, Muniain; Williams, R. Garcia.

प्रकाशित मिति ४ माघ २०७७, आईतवार १४:१२
Loading...