रियल मड्रिडमा ‘फ्लप’ जोभिच पुरानै क्लब फर्किए

एजेन्सी, माघ २
स्पेनिस क्लब रियल मड्रिडमा फ्लप बनेका युवा फरवार्ड लुका जोभिच पूर्वक्लब फर्किएका छन् । सर्बियाका खेलाडी जोभित पूर्व जर्मन क्लब फ्रान्कफुर्टमा लोनमा अनुबन्ध भएका हुन् । क्लब रियलले अफिसियल रूपमा प्रेस नोट जारी गर्दै आफ्ना खेलाडी जोभिच जारी सिजनको अन्त्यसम्मका लागि लोनमा फ्रान्फुर्टमा अनुबन्ध भएको बताएको छ ।

रियलका अनुसार जोभिच यो सिजनको अन्त्यसम्मका लागि फ्रान्कफुर्टमा रहनेछन् । उनी गत समर सिजनमा मात्रै फ्रान्कफुर्टबाट रियलमा अनुबन्ध चएका थिए । उनले रियलका लागि हालसम्म कूल ३२ खेल खेल्दै २ गोल मात्रै गरेका छन् ।

प्रशिक्षक जिनेदिन जिदानको योजनामा नपरेपछि जोभिच लामो समयदेखि निराश हुँदै आएका थिए । जिदानको नेतृत्वमा जोभिचले आकलझुकल मात्रै अवसर पाए । केही समय चोट बोकेका जोभिच फिट भएपछि पनि जिदानले उनलाई टोलीमा कुनै महत्त्व दिएनन्, जसका कारण जोभिच चरम निराशामा रहँदै आएका थिए ।

प्रकाशित मिति २ माघ २०७७, शुक्रबार ०६:१०
Loading...