एजेन्सी, माघ १
सिजन २०२०–२१ अन्तर्गत इटालीको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा इटालियाको क्वार्टरफाइनलमा सिरी ए लिगका दुई ठूला टोलीहरू एसी मिलान र इन्टर मिलान भिड्ने भएका छन् । प्रतियोगिताको सेमिफाइनल जान मिलान डर्बी हुने भएपछि यस खेललाई निकै महत्त्वसाथ हेरिएको छ ।
गत राति अन्तिम १६ को आफ्नो खेलमा इन्टर मिलानले फियोरेन्टिनालाई २–१ ले हराएपछि अन्तिम आठमा मिलान डर्बी तय भएको हो । त्यसअघि एसी मिलान टोरिनोलाई पेनाल्टी सुटआउटमा हराए ५–४ अन्तरले हराएर अन्तिम आठमा पुग्ने पहिलो टिम बनेको थियो ।
प्रतियोगिताको अर्को चरण जान लिगका दुई मजबुत टोलीको टाई पक्का भएपछि एक दाबेदार टिम चाँडै गरी उपाधि होडबाट आउट हुने भएको छ । यो मिलान डर्बीबाट एक टिम अघि बढ्नेछ भने अर्को टिम सेमिफाइनल पुग्नेछ । कोपामा दुई मिलान टिम जनवरी २६ तारिखमा खेल्ने तालिका छ ।
यो समाचार बनाउँदासम्म अन्तिम १६ बाट युभेन्टस र नापोली पनि अर्को चरण प्रवेश गरेको छ । अब बाँकी ४ खेलबाट ४ टोली अघि बढेपछि कोपाको क्वार्टरफाइनल समीकरण पनि पूरा हुनेछ । अन्तिम १६ का दुई खेल आज राति हुँदैछन् ।
प्रकाशित मिति १ माघ २०७७, बिहीबार १३:२३