जहाँ महिलाको कपाल हेर्नकै लागि लाखौं पर्यटक पुग्छन् !

नेपालको उत्तरी छिमेकी देश चीन थुप्रै कुराले चर्चित छ । खास गरी चीनलाई कतिले ‘चमत्कारको देश’ पनि भन्छन् । चीनमा भएको नाटकीय आर्थिक प्रगति र विकास मात्रै नभएर सो देश विभिन्न आश्चार्यजनक र रमाइला कुराहरूले पनि चर्चित छ । चीनमा कतिपय यस्ता रोचक तथ्याहरू छन्, जसलाई मानिसले पत्याउनै कठिन पर्छ । यहाँ त्यसमध्ये एक तथ्यबारे चर्चा गरिएको छ ।

चीनको गुआन्ग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाको गाउँ हो । उक्त गाउँका ८० जना महिला यस्ता छन्, जसको कपालको लम्बाइ १.४ मिटरदेखि २.२ मिटरसम्म छ । महिलाहरूको लामो कपालकै कारण यो गाउँ संसारमा चर्चित छ । महिलाको कपाल हेर्नकै लागि वर्षेनी ८० हजार पर्यटक उक्त गाउँमा पुग्ने गरेका छन् । महिलाहरू प्रायः रातो रङको कपडा लगाउँछन् । त्यसैले ती महिलाहरुलाई ‘रेड याओ’ पनि भनिन्छ ।

यो गाउँमा सन् १९८७ सम्म त्यहाँका महिलाले आफ्नो कपाललाई खुल्ला बाहिर देखाउँदैनथे । केवल महिलाले पति र आफ्ना छोराछोरीका अगाडि मात्र कपाल देखाउने चलन थियो । तर, समय बदलिँदै गयो । कपाल छोप्ने परम्परा मात्र हटेन, महिलाको त्यो कपाल गाउँको गौरव बनेको छ । र, यसले गिनिज बुकमा आफ्नो नाम दर्ज गराइसकेको छ ।

प्रकाशित मिति २३ पुष २०७७, बिहीबार १६:५७
Loading...