पोचेटिनोको पहिलो खेलमा पिएसजीको निराशाजनक बराबरी

कामाठाडौं, पुस २३
नयाँ प्रशिक्षक मोउरिसियो पोचेटिनोको पहिलो खेलमा फ्रेन्च क्लब पिएसजी निराशाजनक बराबरीमा रोकिएको छ । लिग वानअन्तर्गत गत राति भएको खेलमा पिएसजी पिएसजी सेन्ट इटिनेसँग अवे मैदानमा १–१ को बराबरीमा रोकिएको हो । लिगमा खराब प्रदर्शन गरेपछि क्लबले अघिल्ला प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेर पोचेटिनोलाई अनुबन्ध गरेको भए पनि उनले पनि सुखद् सुरुआत गर्न भने सकेनन् ।

खेलको १९औं मिनेटमा इटिनेका लागि रोमैल हामौमाले गोल गरेर अग्रता दिलाएका थिए । चाँडै गोल खाएर पछि परेको पिएसजीलाई २२औं मिनेटमा मोइसे किनले गोल गरेर खेलमा फर्काएका थि । तर, सो गोलपछि बाँकी समयभरि नै पिएसजीले दोस्रो गोल निकाल्न नसक्दा उसले १–१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो ।

अब यो बराबरीपछि पिएसजीले १८ खेलबाट कूल ३६ अंक जोडेको छ । ऊ दोस्रो स्थानमा चढेको छ । हाल शीर्ष स्थानमा रहेको लियोनले ३९ अंक जोडेको छ । यता, इटिने १९ अंकका साथ १४औं स्थानमा रहेको छ ।

प्रकाशित मिति २३ पुष २०७७, बिहीबार ०२:४४
Loading...