इन्स्टाग्राममा २५० मिलियन फलोअर्स पाउने रोनाल्डो पहिलो व्यक्ति

काठमाडौं, पुस २०
इटालियन क्लब युभेन्टस तथा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो सामाजिक सन्जाल इन्स्टाग्राममा २५० मिलियन फलोअर्स पाउने पहिलो सेलिब्रेटी बनेका छन् । रोनाल्डोलाई फोटो बेसको यो सन्जालमा पछ्याउनेको संख्या नयाँ वर्ष २०२१ को जनवरी १ तारिखका दिन २५० मिलियन पुगेको हो । रोनाल्डो सामाजिक सन्जालमा सबैभन्दा धेरै फ्यान फलोइङ भएका सेलिब्रेटी हुन् ।

रोनाल्डोले इन्स्टामा आफ्नो फुटबल करिअर दौरानका तस्बिर तथा छोटा भिडियोहरू पोस्ट गर्ने गर्छन् । उनले खेल तथा प्रशिक्षण दौरानका साथै अन्य विभिन्न कार्यक्रम, भ्रमणका निजी र पारिवारिक तस्बिर पनि समर्थकहरूका लागि सार्वजनिक गर्छन् । साथै, उनले विभिन्न व्यावसायिक सामग्री समेत पोस्ट गर्ने गर्छन् ।

रोनाल्डो इन्स्टाग्राममार्फत् सर्वाधिक कमाइ गर्ने सेलिब्रेटी पनि हुन् । वर्ष २०१९ मा उनले यस सन्जालबाट ३८ मिलियन युरोभन्दा बडी कमाइ गरेका थिए, जुन उनले फुटबलमा एक वर्षमा कमाउने कूल आम्दानीभन्दा पनि बढी हो । रोनाल्डो इन्स्टाग्राम, फेसबुक र ट्वीटरमा सक्रिय छन् । इन्स्टामा २५० मिलियन फलोअर्स भएका उनलाई ट्वीटरमा ९०.२ मिलियन र फेसबुकमा १२४ मिलियनले फलो गरेका छन् । ३ वटै सन्जाल गरेर उनलाई कूल ४६४.२ मिलियनले फलो गरेका छन् ।

प्रकाशित मिति २० पुष २०७७, सोमबार १५:४३
Loading...