ला लिगाको ‘टिम अफ् द इयर’ घोषणा : रियल मड्रिडको बर्चस्व !

काठमाडौं, पुस १७
वर्ष २०२० सकिएर नयाँ वर्ष २०२१ सुरु भएसँगै स्पेनिस फुटबल लिग ला लिगाको वर्षकै बेस्ट टिम घोषणा भएको छ । चर्चित खेल सञ्चार संस्था ‘हु स्कोर्ड’ले ला लिगा टिम अफ् द इयर घोषणा गरेको हो ।

सो संस्थाले वर्षभरि खेलाडीहरूको व्यक्तिगत प्रदर्शनका आधारमा बेस्ट टिम छनौट गरेको हो । करिब ७३ हजार फ्यानहरूको अनलाइ भोटिङका आधारमा टिम अफ् द इयर घोषणा भएको जनाइएको छ ।

घोषित टिममा सबैभन्दा धेरै सिजन २०१९–२० को ला लिगा च्याम्पियन रियल मड्रिडका ५ जना खेलाडी परेका छन् । बार्सिलोनाबाट कप्तान लिओनल मेस्सी मात्रै परेका छन् । त्यसैगरी, एथ्लेटिको मड्रिड, सेभिल्ला, रियल सोसिडाड, भिल्लारियल र सेल्टा भिगोका १–१ जना परेका छन् । यस्तो छ टिम–

प्रकाशित मिति १७ पुष २०७७, शुक्रबार १६:१९
Loading...