आज विश्वभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

काठमाडौं, पुस १७
आज अङ्ग्रेजी नयाँ वर्ष २०२१ को पहिलो जनवरी १ तारिख । आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवद्र्धन तथा टोपीको पहिचान र संस्कार जीवित राख्नका लागि हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षको पहिला दिन विश्वभर नेपाली टोपी दिवस मनाउने चलन छ ।

इतिहासअनुसार जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुसी बनाउन पहिलोपटक नेपाली टोपी बनाएर उपहार दिएको संस्कृतविद्हरू बताउँछन् । नेपालभित्र र विश्वका विभिन्न देशहरूमा रहेका नेपालीले आजका दिन दिवसकै रूपमा टोपी लगाएर दिवस मनाउने चलन छ ।

खास गरी नेपाली ढाका टोपी र भादगाउँले टोपीलाई नेपालीको पहिचानका रूपमा लिइन्छ । यद्यपि, नेपालमा भने सर्वसाधारणले समुदायअनुसार आ–आफ्नो संस्कारअनुसारका टोपी लगाउने चलन रहे पनि धेरैले आजका दिन ढाका टोपी र भादगाउँले टोपी नै लगाउने चलन छ । आजको दिन टोपी लगाउने बानी नभएका सर्वसाधारणदेखि सेलिब्रेटीहरूले पनि ढाका टोपी लगाएर दिवस मनाउने गर्छन् ।

प्रकाशित मिति १७ पुष २०७७, शुक्रबार ०४:२६
Loading...