रियल मड्रिडलाई अर्को झट्का : २०२० को अन्तिम खेलमा रोकियो

काठमाडौं, पुस १६
पछिल्लो समय उत्कृष्ट लयमा पर्किएको स्पेनिस क्लब रियल मड्रिड वर्ष २०२० को अन्तिम ला लिगा खेलमा निराशाजनक बराबरीमा रोकिएको छ । गत राति भएको लिगको लिगको १६औं साताको खेलमा रियल अवे मैदानमा इल्चेसँग १–१ को बराबरी गर्दै अंक बाँड्न बाध्य भयो ।

ला लिगामा लगातार छैटौं तथा समग्रमा लगातार सातौं जितको लक्ष्य लिएर इल्चेको मैदानमा उत्रिएको रियलले पहिलो हाफमा बनाएको अग्रता दोस्रो हाफमा बचाउन नसक्दा पेनाल्टी गोल खाएर जितबाट वञ्चित हुन पुग्यो । यो हारले रियल मड्रिडलाई उपाधि होडमा झट्का लागेको छ ।

यसै सिजन शीर्ष लिगमा फर्किएको इल्चेको मैदानमा रियलले पकड जमाएर खेले पनि १ भन्दा बढी गोल निकाल्न सकेन । रियलले खेलको २०औं मिनेटमा अग्रता लिएको थियो । लुका मोड्रिकले निकै सुन्दर तरिकाले डाइभिङ हेडिङमार्फत् गोल गरेका थिए । मार्को एसेन्सियोको कडा प्रहार रिबाउन्ड भएको बलमा बक्समा तयार रहेका मोड्रिकले बललाई जाली चुमाएका थिए ।

रियल सोही गोलको अग्रता बचाएर जिततर्फ अघि बढेको थियो । तर, दोस्रो हाफमा पेनाल्टी गोल खान पुग्यो । खेलको ५१औं मिनेटमा रियलका खेलाडीले बक्समा फउल गरेपछि पाएको पेनाल्टीमा इच्लेका फिडेल चाभेजले गोल गरेपछि खेल १–१ को बराबरी भयो ।

त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल भएपछि बराबरीमा सकियो । र, दुवै टोलीले अंक बाँडे । अब यो बराबरीपछि रियल १६ खेलबाट ३३ अंक बनाएर दोस्रो स्थानमा छ । रियल २ खेल कम खेलेको एथ्लेटिको मड्रिडभन्दा अहिले नै २ अंकले पछि परेको छ । यदि एथ्लेटिकोले बाँकी २ पटै खेल जिते रियल ८ अंकले पछि पर्नेछ । यता, इल्चे १४ खेलपछि १६ अंकका साथ १५औं स्थानमा रहेको छ ।

प्रकाशित मिति १६ पुष २०७७, बिहीबार ०१:२१
Loading...