काठमाडौं, पुस १५
स्पेनिस ला लिगा फुटबलमा गत राति पाँचौं स्थानको बार्सिलोना र १७औं स्थानको एइबारले बराबरी खेले । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा भएको खेलमा बार्सिलोनाले पछि परेको स्थितिमा दोस्रो हाफमा गोल गरेर खेल १–१ बनायो । कप्तान लिओनल मेस्सीबिनाको बार्सिलोनालाई आफ्नै घरमा हार पन्छाउन ठूलै संघर्ष गर्नु परेको थियो ।
बार्सिलोनाका मार्टिन ब्रेथवेटले आठौं मिनेटमा पेनाल्टी मिस गर्नु, उनको अर्को गोल भिएआरले रद्द गर्नु बार्सिलोनाका लागि हारको मुख्य कारण बन्यो । तर, दोस्रो हाफमा सब्सिच्युट खेलाडी उसामान डेम्बेलेले गोल गर्दै टिमलाई हारको मुखबाट उद्धार गरेका थिए । अन्ततः बार्सिलोनाले वर्ष २०२० को अन्तिम खेल घरेलु मैदानमा निराशाजनक बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । यो बराबरीपछि बार्सिलोना लिगको छैटौं स्थानमा छ । एइबार भने १७औं स्थानबाट १५औं स्थानमा चढेको छ ।
एइबारले रच्यो इतिहास
बार्सिलोनाको घरमा बराबरी गरेर १ अंक जोड्दा एइबारका नाममा भने इतिहास नै बनेको छ । अब एइबारले आफ्नो क्लब इतिहासमै पहिलोपटक क्याम्प नोउमा बार्सिलोनाविरुद्ध खेलेर अंक खोस्न सफल भएको छ । नत्र यसअघि एइबार बार्सिलानाको घरमा सधैं पराजित हुँदै आएको थियो । तर, यसपटक बार्सिलोनालाई उसकै घरमा बराबरीमा रोकेर उसले १ अंक लिन सफल भयो ।
ला लिगाले सार्वजनिक गरको तथ्यांकअनुसार एबारले सात वर्षमा पहिलोपटक क्याम्प नोउमा अंक जोडेको हो । सिजन २०१४–१५ देखि लगातार ला लिगा खेलिरहेको एइबारले यसअघिका ६ सिजनमा जतिपटक क्याम्प नोउ पुग्यो, सबै खेलमा हार्दै आएको थियो ।
प्रकाशित मिति १५ पुष २०७७, बुधबार ०५:४७2014/15 ❌
2015/16 ❌
2016/17 ❌
2017/18 ❌
2018/19 ❌
2019/20 ❌
2020/21 ✅🔵🔴 @SDEibarEN take points at the Camp Nou for the first time in #LaLigaHistory!#KickOut2020 | #BarçaEibar pic.twitter.com/3P8UV7Kz7e
— LaLiga English (@LaLigaEN) December 29, 2020