राजेश हमाल दूधवालीको प्रेममा फसेपछि …… (भिडियो)

काठमाडौं, पुस १३
महानायक राजेश हमाल चिया पसले बनेका छन् । तर, उनी रियल लाइफमा नभएर एक नयाँ म्युजिक भिडियोको कथामा चिया पसले बनेका हुन् । गायिका सरु गौतम र गायक विनायक बसेलद्वारा स्वरबद्ध गीत ‘क्यारम त नि’ बोलको गीत सार्वजनिक भएको छ, जसमा हमाललाई फिचर गरिएको छ ।

सरोज गौतमद्वारा प्रस्तुत रहेको गीतमा महानायक हमाललाई कथामा प्रतिमा कँडेलले मुख्य भूमिकामा साथ दिएकी छन् । साथै, उत्तम केसी र नारायणबहादुर पाण्डेको पनि अभिनय रहेको छ । गीतको कथामा हमाललाई गाउँले चिया पसलेको भूमिकामा देख्न सकिन्छ भने उनको जोडीका रूपमा प्रतिमालाई दूध व्यापारीको भूमिकामा देखाइएको छ ।

सो गीतका लेखक भीम बिसी हुन् भने संगीत पनि उनकै रहेको छ । भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् । गीतको म्युजिक भिडियोलाई डिएआर मुभिजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यहाँबाट हेरौं भिडियो:

प्रकाशित मिति १३ पुष २०७७, सोमबार १५:४९
Loading...